Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

पकहाँमैनपुरमा रामाकान्त चौरसियाको घरदैलो, घण्टी छापमा मतदान गर्न आग्रह

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामाकान्त चौरसियाले पकहाँमैनपुर वडा नम्बर–३ र ४ मा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद तथा समर्थन आग्रह गरेका छन्।

स्थानीय टोलटोलमा पुगेर नागरिकका गुनासो, सुझाव र अपेक्षा सुन्दै चौरसियाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। घरदैलोका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिताले पकहाँमैनपुरमा चुनावी माहोल थप उत्साहपूर्ण बनेको देखिएको छ।

वडा नम्बर–३ र ४ का विभिन्न टोलहरूमा आयोजित भेटघाटमा उनले समृद्ध क्षेत्र निर्माणका लागि साझा सहकार्य आवश्यक रहेको धारणा राखे। स्थानीयवासीहरूले दीगो विकास, सुशासन र पारदर्शिताका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै चौरसियाप्रति समर्थन जनाएका छन्।

महिला सशक्तीकरणलाई विशेष प्राथमिकता दिने बताउँदै चौरसियाले महिला उद्यमशीलता प्रवर्द्धन, आयआर्जनका कार्यक्रम, सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण तथा साना–मझौला उद्यम प्रवर्द्धनमार्फत महिलालाई आत्मनिर्भर बनाइने योजना प्रस्तुत गरे। “महिला सशक्तीकरण बिना समृद्ध समाज सम्भव छैन,” उनले भने, “अवसर र पहुँच सुनिश्चित गरिनेछ।”

त्यसैगरी उनले युवा स्वरोजगार, कृषि आधुनिकीकरण, साना उद्योग प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा विशेष पहल गरिने बताए। आगामी निर्वाचनमा मतदाताले विकास र स्थायित्वको पक्षमा मतदान गर्ने विश्वास समेत उनले व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...