Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

पर्सा–३ मा सुरेन्द्र चौधरीको ‘टिकट व्यापार’ आरोप : झुटा आश्वासन र जातीय बार्गेनिङको चर्चा

spot_img
spot_img

वीरगंज । आसन्न प्रतिनिधि सभा निर्वाचनको मुखमा नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर–३ का उम्मेदवार सुरेन्द्रकुमार चौधरीमाथि गम्भीर आरोपहरू सार्वजनिक भएका छन् । उनी निर्वाचन जित्नका लागि झुटा आश्वासन बाँड्दै मात्र होइन, स्थानीय तहका टिकट वितरणको नाममा रकम असुलीमा समेत संलग्न रहेको आरोप उठेको हो ।

स्थानीय स्रोतका अनुसार चौधरीले एकै वडामा ७ जनासम्मलाई वडाअध्यक्षको टिकट दिने आश्वासन दिएका छन् । त्यस्तै, नगरपालिकामा ४ जनालाई मेयरको उम्मेदवार बनाउने ‘व्यवस्था मिलाइदिने’ भन्दै पैसा संकलन गरिएको दाबी गरिएको छ । निर्वाचन नजिकिँदै जाँदा टिकट वितरणको नाममा रकम उठाउने र त्यसलाई चुनावी खर्चका रूपमा प्रयोग गर्ने रणनीति अपनाइएको आरोप छ ।

मतदाताहरूका अनुसार चौधरीले “पार्टीभित्र पहुँच बलियो छ” भन्दै आकांक्षीहरूलाई टिकट सुनिश्चित गरिदिने आश्वासन दिएका छन् । तर एउटै पदका लागि धेरै जनासँग समान वाचा गरिएकाले पार्टीभित्रै असन्तोष चुलिएको छ । स्थानीय एक कांग्रेस कार्यकर्ताले नाम नलेख्ने सर्तमा भने, “उहाँले एउटै वडामा सात जनासम्मलाई अध्यक्ष बनाउने वाचा गर्नुभएको छ । यसरी रकम लिने काम गलत हो ।”

यदि यी आरोप सत्य ठहरिए, यसले पार्टीको आन्तरिक लोकतन्त्र र पारदर्शितामाथि नै गम्भीर प्रश्न उठाउने देखिन्छ ।

जातीय समीकरणको बार्गेनिङ

चौधरीले जातीय मत सुरक्षित गर्नका लागि थारू समुदायको नाममा बैठक बसालेर भोट ‘प्याकेज’मा मागेको चर्चा पनि व्यापक छ । मतदाताहरूका अनुसार भोटलाई विकास र नीतिको आधारमा नभई जातीय सौदाबाजीको माध्यम बनाइएको छ ।

यसले अन्य समुदायका मतदातामा असन्तोष बढाएको छ । “हामीलाई बेवास्ता गर्दै एउटा समुदायलाई मात्र प्राथमिकता दिन खोजिएको देखिन्छ,” एक स्थानीय मतदाताले प्रतिक्रिया दिए ।

कांग्रेसभित्रै विरोध

घटनापछि नेपाली कांग्रेस भित्रै चौधरीविरुद्ध असन्तोष चुलिएको छ । पार्टीका केही स्थानीय नेताहरूले टिकट वितरण प्रक्रिया र चुनावी आचारसंहिताको पालना हुनुपर्ने माग गरेका छन् ।

“यदि टिकट व्यापार र रकम असुली भएको प्रमाणित भयो भने यो पार्टीको सिद्धान्तविपरीत हो,” एक जिल्ला तहका नेताले बताए ।

चुनावी माहोल तातेका बेला उम्मेदवारबाट पारदर्शी र जिम्मेवार व्यवहार अपेक्षा गरिन्छ । तर झुटा आश्वासन, असम्भव टिकट बाँडफाँट र जातीय बार्गेनिङको आरोपले पर्सा–३ का मतदाता आजित बनेका छन् ।

स्थानीय विश्लेषकहरूका अनुसार यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यतामाथि आँच पुर्‍याउनुका साथै समग्र निर्वाचन प्रक्रियाप्रति अविश्वास बढाउने खतरा हुन्छ ।

पर्सा क्षेत्र नम्बर–३ मा उठेका यी आरोपहरू गम्भीर प्रकृतिका छन् । यदि निष्पक्ष छानबिनबाट यथार्थ पुष्टि भयो भने यसले उम्मेदवार मात्र होइन, पार्टीको छविमाथि समेत दीर्घकालीन प्रभाव पार्नेछ । निर्वाचन आयोग र सम्बन्धित निकायले यस्ता आरोपबारे स्पष्टता दिनुपर्ने माग बढ्दै गएको छ ।

अब प्रश्न उठेको छऽ लोकतन्त्रको पर्वमा टिकटको व्यापार र जातीय बार्गेनिङ स्वीकार्य हुन सक्छ ? यसको जवाफ मतदाताले मतदानमार्फत दिने मतदाताहरूको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...