Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

बिश्रामपुरमा एमालेको घरदैलो, उम्मेदवार पाण्डेले भने : “जनसेवा गर्न राजनीतिमा आएको हुँ”

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नम्बर–१ बिश्रामपुरमा मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)को चुनावी घरदैलो तथा जनसंवाद कार्यक्रम सम्पन्न भएको छ।

एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश कुमार पाण्डे पार्टीका नेता–कार्यकर्तासहित बिश्रामपुर पुग्दा स्थानीय बासिन्दाले स्वागत गर्दै समर्थन जनाएका थिए। घरदैलोका क्रममा आयोजित जनसंवाद कार्यक्रममा पाण्डेले मुलुकको विकास र समृद्धिको स्पष्ट खाका एमालेसँग मात्र रहेको दाबी गर्दै ढुक्क भएर एमालेका पक्षमा मतदान गर्न आग्रह गरे।

पर्सा–३ का हरेक गाउँ र टोलमा पुगेर जनताका समस्या र अपेक्षा बुझिसकेको उल्लेख गर्दै उनले भने, “राजनीतिमा नयाँ छु, तर क्षेत्रका जनताको समस्याबारे जानकार छु। यहाँको कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्नेछु।” उनले आफू भाषणका लागि नभई जनताको काम गर्न राजनीतिमा आएको स्पष्ट पारे।

पाण्डेले जनताको बीचमै रहेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...