Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

गहवा र रामटोलमा हरि पन्तको घरदैलो, स्थानीयबाट उत्साहजनक समर्थन

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तलाई आज गहवा र रामटोलका बासिन्दाले सयौँको संख्यामा उपस्थित भई साथ र समर्थन जनाएका छन्।

पन्तले सञ्चालन गरेको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो। बिहान भएको कार्यक्रमका क्रममा कयौँ स्थानीयले घर–घरबाट घण्टी बजाउँदै स्वागत गरेका थिए। त्यसक्रममा उम्मेदवार पन्तलाई टीका, माला र पुष्पगुच्छा प्रदान गरी शुभकामना व्यक्त गरिएको थियो।

स्थानीय बासिन्दाले यसपटक परिवर्तनका पक्षमा मतदान गर्ने अठोट व्यक्त गरेका थिए। कार्यक्रममा सहभागीहरूले सुशासन, विकास र जनउत्तरदायित्वका मुद्दामा जोड दिँदै पन्तप्रति विश्वास व्यक्त गरेका थिए।

घरदैलो कार्यक्रम स्थानीय युवाहरू निरज गुप्ता, सुमित कादमिया, अबिनाश गुप्ता, विकास गुप्ता, छोट्टु साह, राजु साह, प्रदीप गुप्ता, दीपक कुशवाह, आकाश गुप्ता, साहिल, अजय साह, करण साह, सन्तोष खेतान, रोशन खेतान लगायतको नेतृत्वमा सम्पन्न भएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार अपरिहार्य : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको...

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...