Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

spot_img
spot_img

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, वारामा नागरिकतासम्बन्धी उजुरी परेपछि अनुसन्धान भइरहेको बताइएको छ । मित्तलमाथि भारत र नेपाल दुवै देशको नागरिक रहेको आरोपसमेत लाग्दै आएको छ ।

यसैबीच, मित्तलमाथि वीरगंजका व्यवसायी निरञ्जन अग्रवाललाई फसाउन खोजेको आरोपसमेत लागेको छ । उद्योगी अग्रवालले आफूले लिनुपर्ने रकमबापत मित्तलले सौहार्दपूर्ण वातावरणमा चेक दिएको, तर पछि उल्टै प्रहरीमा उजुरी गरेर आफूलाई फसाउने प्रयास गरेको आरोप लगाएका छन् ।

आफूले पाउनुपर्ने रकमबापत मित्तलले आफैंले दिएको चेकका आधारमा रकम असुल गर्नुपर्ने अवस्थामा उल्टै प्रहरीमा निवेदन दिएर मानसिक यातना दिने प्रयास गरिएको अग्रवालको आरोप छ । मित्तलले जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिएपछि चेक लिने पक्षलाई नै प्रतिवादी बनाउने प्रयास भएको भन्दै अग्रवालले आपत्ति जनाएका छन् ।

आफैंले दिएको चेक चोरी भएको वा दुरुपयोग भएको दाबी गर्दै उजुरी परेपछि आफू आश्चर्यमा परेको अग्रवालले बताएका छन् । अग्रवालका अनुसार यसअघि पनि मित्तलले विभिन्न बिचौलियामार्फत आफूविरुद्ध मुद्दा तथा जालझेल गर्ने प्रयास गर्दै आएका थिए । पछिल्लो समय बाटोघाटोमा भेट हुँदा समेत आफूहरूबीच सौहार्दपूर्ण रूपमा कुराकानी हुने गरेको र मित्तलले विगतमा भएका विषयमा आफूले कुनै षड्यन्त्र नगरेको बताउने गरेको अग्रवालको दाबी छ ।

अग्रवालले भने, “हामी मिलेर आ–आफ्नो कारोबार गरौँ, हामीबीच रहेको लेनदेनको विषय आपसी सहमतिमा मिलाऔँ र अड्डा–अदालतबाट पछि हटौँ” भन्दै मित्तलले आफूलाई दिनुपर्ने रकम बराबरको चेक आफैं दिएको दाबी गरेका छन् । तर अहिले आएर सोही विषयलाई लिएर आफूविरुद्ध झुटो मुद्दा लगाउने प्रयास भएको जानकारी केही सञ्चारमाध्यमबाट पाएको उनले बताए ।

मित्तलसँग आफ्नो कुनै किसिमको दुश्मनी वा द्वेष नरहेको बताउँदै अग्रवालले उनको पछिल्लो कार्यशैलीबाट आफू चकित भएको बताएका छन् । केही दिनअघि
मात्र आफूहरूबीच भेटघाट तथा कुराकानी भएको र उक्त भेटको भिडियोसमेत आफूसँग सुरक्षित रहेको उनले दाबी गरे । अग्रवालले मित्तललाई बिचौलियाको उक्साहटमा पुनः आफूविरुद्ध लागेको आरोपसमेत लगाएका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले प्रहरीमा उजुरी परेको र घटनाका सम्बन्धमा छानबिन भइरहेको बताएका छन्। चेक के–कति कारणले लेनदेन भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्ने तथा दोषी देखिएकालाइ आवश्यक कानुनी कारबाही गरिने उनले बताए ।

चेक लेनदेनसम्बन्धी विवादमा दुवै पक्षका दाबी फरक–फरक रूपमा सार्वजनिक भएपछि व्यवसायी वृत्तमा समेत चेकको विश्वसनीयता र व्यावसायिक कारोबारमा यसको प्रयोगबारे चर्चा सुरु भएको छ। व्यवसायिक कारोबारमा चेक दिएपछि पुनः त्यही चेकको विषयमा विवाद उत्पन्न हुने अवस्था आए व्यापारिक लेनदेनमा यसको प्रभाव कस्तो पर्छ भन्ने प्रश्नसमेत उठेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...