Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

रमगढवा–सिर्सियामा सुशील कानुको घरदैलो, ‘भ्रष्टाचार अन्त्यका लागि घण्टीमा मतदान’ आह्वान

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले मङ्गलवार वीरगंज महानगरपालिका–२४ रमगढवा र वडा नं. २५ सिर्सिया टोलमा घरदैलो अभियान सञ्चालन गरेका छन्।

घर–घर पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै कानुले भ्रष्टाचार र कुशासन अन्त्य गरी नयाँ नेपाल निर्माणका लागि घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। उनले चार दशकदेखि चल्दै आएको राजनीतिक चक्रव्यूह तोडेर विधिको शासन स्थापना गर्ने, जनताको जीवनस्तर उकास्ने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ रास्वपाका उम्मेदवारलाई विजयी गराउन अनुरोध गरे।

“पर्सा देशकै महत्त्वपूर्ण जिल्ला हो, तर यहाँबाट निर्वाचित सांसद र मन्त्रीहरूले बेवास्ता गर्दा अपेक्षित विकास हुन सकेन,” कानुले भने, “शिक्षा, स्वास्थ्य, पूर्वाधार र सडकको अवस्था अत्यन्त जीर्ण छ। अघिल्ला प्रतिनिधिहरूले जनताको हितभन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिए।” उनले आफू निर्वाचित भए रास्वपा नेतृत्वको सरकारले पर्साको कायापलट गर्ने गरी ठूला विकास योजना अघि बढाउने प्रतिबद्धता जनाए।

कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राख्दै आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम सञ्चालन गरिने उनले बताए। “स्थानीय तहदेखि सङ्घीय तहसम्म समन्वय गरी योजनाबद्ध विकास अघि बढाइनेछ,” उनले थपे।

कृषि क्षेत्रका समस्यातर्फ संकेत गर्दै कानुले किसानलाई समयमै मल उपलब्ध गराउने सुनिश्चित व्यवस्था गर्ने र युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरे। “युवाले गाउँमै काम पाए वैदेशिक रोजगारीको बाध्यता घट्छ,” उनले भने।

घरदैलोका क्रममा स्थानीयवासीले शिक्षा, स्वास्थ्य, सडक र खानेपानीमा लामो समयदेखि सुधार नभएको गुनासो गरेका थिए। जवाफमा कानुले जनताको आवाज संसद्मा प्रभावकारी रूपमा उठाउने र विकासमा ठोस परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।

कार्यक्रममा सहभागी युवाहरूले ‘परिवर्तनको समय आएको’ उल्लेख गर्दै रास्वपाप्रति आकर्षण बढ्दै गएको बताए भने ज्येष्ठ नागरिक र महिलाहरूले यसपटक सुशासन र जवाफदेहितालाई प्राथमिकता दिएर सोचेर मतदान गर्ने प्रतिक्रिया दिएका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...