Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

चाैतर्फी दबावपछि वीरगंजमा कर्फ्यू हट्यो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी

spot_img
spot_img

वीरगंज । चाैतर्फी दबावपछि जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगर क्षेत्रमा जारी कर्फ्यू आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार समग्र शान्ति–सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको निष्कर्षसहित कर्फ्यू आदेश साेमबार साँझ ४:३० बजेदेखि लागू हुने गरी हटाइएको हो।

जिल्ला सुरक्षा समितिको निर्णय तथा सर्वपक्षीय बैठकको निष्कर्षका आधारमा कर्फ्यूलाई निरन्तरता दिनु आवश्यक नदेखिएको प्रशासनले जनाएको छ । यद्यपि अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरिएको छ।

प्रशासनका अनुसार मिति २०८२/११/११ गते बेलुकी ६:०० बजेदेखि २०८२/११/१२ गते बिहान ८:०० बजेसम्म तोकिएका क्षेत्रहरूमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइनेछ । आदेश उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। वीरगंजका बाईपास रोड, रानीघाट पुल, पावरहाउस चौक र घण्टाघर चौक क्षेत्रभित्र निषेधाज्ञा लागू हुने प्रशासनले स्पष्ट पारेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्सामा आज बसेको सर्वपक्षीय बैठकले वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरमा २०८२/११/१० गते बेलुकी भएको घटनाका दोषी पक्षलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको छ । पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाशीघ्र अघि बढाइने तथा दोषीलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरूले समेत सहजीकरण गर्ने सहमति भएको जनाइएको छ।

व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने तथा ‘हेट स्पिच’ प्रसारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गरिने निर्णय पनि बैठकले गरेको प्रशासनले जनाएको छ । साथै, सद्भाव कायम राख्न नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा सामाजिक अगुवाहरू एवम् जनप्रतिनिधिहरूले संयमता र सद्भावका पक्षमा विज्ञप्ति प्रकाशन गर्ने सहमति भएको छ।

यसअघि कर्फ्यू आदेशको निर्णयप्रति स्थानीयस्तरमा आलोचना समेत गरेका थिए । श्रीपुरमा भएको घटनालाई आधार बनाएर अकास्मात् पुरै बजार क्षेत्र ठप्प पारिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको थियाे ।

निर्वाचन र विवाहको लगनको समय भएकाले कर्फ्यू पालना गर्न गाह्रो भएको वीरगंजबासीको भनाई थियाे । सामाजिक कार्यकर्ता जय साह, युवा महादेव कुर्मी र कृष्णा कुमारलगायतले सामाजिक सञ्जालमार्फत कर्फ्यूको विरोध जनाउँदै “केही व्यक्तिको गतिविधिका कारण पुरै शहर बन्द गर्नु उचित होइन” भन्ने धारणा राखेका थिए । कतिपयले यसलाई निर्वाचन प्रभावित पार्ने कदमको रूपमा समेत व्याख्या गरेका थिए ।

आइतबार साँझ श्रीपुरमा दुई समुदायबीच झडप हुँदा केही व्यक्ति घाइते भएका थिए भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...

युवाको जोश र सोचलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : अध्यक्ष सरार्फ

वीरगंज । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति र परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने...

वीरगंजका विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन अनिवार्य रूपमा बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको...