Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

वीरगंजमा कर्फ्यू हट्यो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगर क्षेत्रमा जारी कर्फ्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार समग्र शान्ति–सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको निष्कर्षसहित कर्फ्यू आदेश आज साँझ ४:३० बजेदेखि लागू हुने गरी हटाइएको हो।

जिल्ला सुरक्षा समितिको निर्णय तथा सर्वपक्षीय बैठकको निष्कर्षका आधारमा कर्फ्यूलाई निरन्तरता दिनु आवश्यक नदेखिएको प्रशासनले जनाएको छ। यद्यपि अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरिएको छ।

प्रशासनका अनुसार मिति २०८२/११/११ गते बेलुकी ६:०० बजेदेखि २०८२/११/१२ गते बिहान ८:०० बजेसम्मका लागि तोकिएका क्षेत्रहरूमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइनेछ। आदेश उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

वीरगंजकाे बाईपास रोड, रानीघाट पुल, पावरहाउस चौक र घण्टाघर चौक क्षेत्र भित्र निषेधाज्ञा लागू हुने प्रशासनले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...