Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

श्रीपुर घटनापछि सर्वपक्षीय बैठक सम्पन्न, दोषीमाथि कारबाही र सद्भाव कायम राख्ने निर्णय

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा आज सर्वपक्षीय बैठक सम्पन्न भएको छ। आइतबार साँझ वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरमा भएको घटनापछि पर्साका प्रमुख जिल्ला अधिकारी **भोला दाहाल**द्वारा जारी कर्फ्यू आदेशको सन्दर्भमा निकास खोज्न सोमबार दिउँसो बैठक बसेको हो।

बैठकले श्रीपुरमा २०८२/११/१० गते बेलुकी भएको घटना तथा त्यसबाट उत्पन्न घटनाक्रमका दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने निर्णय गरेको छ। सोका लागि पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाशीघ्र अघि बढाइने जनाइएको छ। दोषीलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरूले समेत सहजीकरण गर्ने सहमति भएको प्रशासनले जनाएको छ।

यसैगरी व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने तथा Hate Speech प्रसारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुन बमोजिम तत्काल कारबाहीको दायरामा ल्याइने निर्णय गरिएको छ।

बैठकले आगामी दिनमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा सामाजिक अगुवाहरू एवम् जनप्रतिनिधिहरूले आ–आफ्नो संस्था वा निकायबाट संयमता र सद्भावका पक्षमा विज्ञप्ति प्रकाशन गर्ने निर्णयसमेत गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...

युवाको जोश र सोचलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : अध्यक्ष सरार्फ

वीरगंज । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति र परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने...

वीरगंजका विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन अनिवार्य रूपमा बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको...