Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वीरगंज–११ श्रीपुरमा दुई समुदायबीच विवाद, अवस्था तनावग्रस्त

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा आइतबार बेलुकी दुई फरक समुदायबीचको विवादका कारण अवस्था तनावग्रस्त बनेको छ।

प्रहरीका अनुसार आइतबार साँझ केही युवाहरूबीच सामान्य विवाद भई कुटपिट भएपछि सोही विषयलाई लिएर तनाव उत्पन्न भएको हो। एउटै टोलका दुई समुदाय एकअर्कामाथि आक्रमणमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ।

एक समूहले प्रहरीको घेरा तोडेर अर्को समुदायतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्दै भीडलाई तितरवितर पारेको थियो। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

अहिले पनि श्रीपुर क्षेत्रको अवस्था तनावपूर्ण रहेको प्रहरीले जनाएको छ। स्थिति सामान्य बनाउन सुरक्षाकर्मी परिचालन कायमै राखिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...