Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पर्सा–४ मा रमेश रिजालप्रति युवाको आकर्षण, ठोरीमा दर्जनौँ युवा कांग्रेसमा प्रवेश

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार रमेश रिजाल प्रति युवाहरूको आकर्षण बढ्दै गएको छ । चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाइरहेका नेपाली कांग्रेसका उम्मेदवार रिजाललाई समर्थन जनाउँदै ठोरी गाउँपालिकामा दर्जनौँ युवा कांग्रेसमा प्रवेश गरेका छन्।

आइतबार ठोरी गाउँपालिका वडा नम्बर ३ ब्रम्हनगर नयाँवस्तीका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट युवाहरू कांग्रेसमा समाहित भएका हुन् । कांग्रेसमा प्रवेश गर्नेहरूमा विनोद लामा, सुभाष परियार, रविन मगर, राज आलेमगर, समिप मोक्तान, वकिल थिङ, फुर्वा लामा, रामकुमार विक, वीरमान घलान तथा तत्कालीन नेकपा माओवादी केन्द्रका देव श्रेष्ठ लगायत रहेका छन् । उनीहरूलाई उम्मेदवार रिजालले अबीर–टीका लगाएर पार्टीमा स्वागत गर्नुभयो।

सो अवसरमा पूर्वमन्त्रीसमेत रहेका रिजालले बदलिएको कांग्रेसले अब देश बदल्ने दाबी गर्नुभयो । उहाँले गगन थापाको नेतृत्वमा कांग्रेसप्रति देशभर युवाहरूको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो।

कार्यक्रममा मधेस प्रदेशका वनमन्त्री शंकर चौधरी, कांग्रेस मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सहसचिव नवीन सिंह, क्षेत्रिय सभापति श्रीकान्त प्रसाद यादव, युवा नेता जीवनकृष्ण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।

यसैबीच, उम्मेदवार रिजालले पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत ठोरी गाउँपालिका वडा नम्बर ५ मा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। घरदैलोका क्रममा उहाँले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या, गुनासा तथा सुझावहरू सुन्नुभयो। निर्वाचित भएपछि जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आफू विगतदेखि नै जनसेवामा समर्पित रहेको बताउनुभयो।

स्थानीयवासीहरूले विकास निर्माण, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्याहरू समाधान गर्न विशेष पहल गर्न आग्रह गरेका थिए। घरदैलो कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको र आगामी दिनमा पनि जनसम्पर्क अभियानलाई निरन्तरता दिइने बताइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...