Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026

पर्साकाे पकाहाँ मैनपुरबाट १२८ किलो गाँजासहित कार र चालक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुवनी चौकबाट लागू औषध गाँजा जस्तो देखिने पदार्थ १२८ किलोग्रामसहित एक जना व्यक्ति र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय पोखरिया मातहतको प्रहरी टोली, अस्थायी प्रहरी पोस्ट सुर्जाहाकट्टी र सशस्त्र प्रहरी बल नेपाल बीओपी पकाहाँ मैनपुरको संयुक्त टोलीले विशेष सूचनाको आधारमा साेमबार राति करिब ९ बजे सवारी साधन तथा शंकास्पद व्यक्तिहरूको चेकजाँच गरिरहेको थियो । सो क्रममा पश्चिमबाट पूर्वतर्फ आइरहेको चार चक्के सेतो कारले प्रहरी टोली देख्नासाथ अचानक फर्काएर भाग्न खोजेपछि शंका लागेर मोटरसाइकलमार्फत पछ्याई खोजतलास गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पाेखरियाका अनुसार खोजतलासका क्रममा कट्टी बलुवादेखि पकाहामैनपुर जाने ग्राभेल भित्री सडकखण्डमा प्रदेश ३-०१/००२ च ५४३२ नम्बरको सुजुकी स्विफ्ट कार र चालकलाई नियन्त्रणमा लिइएको हो। कारको रितपूर्वक तलासी गर्दा गाँजा जस्तो देखिने पदार्थका १६ पोका फेला परेका थिए । तराजुमा तौल गर्दा प्रत्येक पोका ८ किलोका दरले जम्मा १२८ किलोग्राम रहेको प्रहरीले जानकारी दिएको छ।

कार चालकले आफ्नो परिचय जिल्ला काभ्रेपलान्चोक महाभारत गाउँपालिका–२ बस्ने २२ वर्षीय वुद्धि लाल भोलन भएको बताएका छन्। निजको शरीर तलासी गर्दा २२ हजार ५ सय नेपाली रुपैयाँ नगद, एनआईसी एशिया बैंकको एटीएम कार्ड र रियलमी मोबाइल बरामद गरिएको छ।

बरामद सामग्री स्थानीय जनप्रतिनिधिको रोहवरमा रितपूर्वक जफत गरी कार, व्यक्ति र गाँजा जस्तो देखिने पदार्थलाई इलाका प्रहरी कार्यालय पोखरियामा ल्याइएर घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदिप पौडेलले जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...