Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

जिराभवानी मेलामा आएका कावारियालाई रमेश रिजालद्वारा स्वागत तथा सम्मान

spot_img
spot_img

वीरगंज । महाशिवरात्रिको अवसरमा लाग्ने जिराभवानी मेलामा आएका कावाँरिया भक्तजनहरुलाई पर्सा क्षेत्र नं. ४ का उम्मेदवार रमेश रिजाले मंगलबार एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरेका छन् ।

थरुहटका विभिन्न गाउँबाट आएका करिब ३०० जना श्रद्धालु कावाँरिया भक्तजनहरुलाई नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले गम्छा ओढाई स्वागत तथा सम्मान गरेका हुन्।

मेलामा उपस्थित भक्तजनहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उम्मेदवार रिजालले धार्मिक आस्था, संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए। साथै उनले जनताको सेवा र विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे।

श्रद्धालु भक्तजनहरूले पनि यस्तो सम्मानले थप उत्साह मिलेको प्रतिक्रिया दिएका छन् । महाशिवरात्रि पर्वको अवसरमा जिराभवानी मेलामा भक्तजनहरूको उल्लेख्य भीड देखिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...