Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

सखुवा प्रसौनी–२ मा रूपेश पाण्डेको घरदैलो, स्थानीय सहभागिता उत्साहजनक

spot_img
spot_img

वीरगंज । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चुनावी अभियान थप सशक्त र व्यवस्थित बन्दै गएको एमालेको दाबी छ। युवा उम्मेदवार रूपेश कुमार पाण्डेका पक्षमा पार्टीभित्र देखिएको एकता, ऊर्जा र रणनीतिक परिचालनले चुनावी समीकरण सकारात्मक बन्ने संकेत गरेको नेताहरूले बताएका छन्।

एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका पाण्डेलाई विजयी गराउन प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री प्रमोद जयसवालको सक्रिय भूमिका महत्वपूर्ण मानिएको छ। निर्वाचन क्षेत्र नम्बर–३ को क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहेका जयसवालले अभियानलाई योजनाबद्ध, परिणाममुखी र जनकेन्द्रित बनाउँदै लगेको पार्टी स्रोतले जनाएको छ।

स्थानीय तहदेखि प्रदेश सरकारसम्मको अनुभव बोकेका जयसवालले गाउँ–टोल केन्द्रित भेटघाट, घरदैलो, जनता दर्शन कार्यक्रम तथा कार्यकर्ता प्रशिक्षणमार्फत अभियानलाई गतिशील बनाएका छन्। एमालेका स्थानीय नेता–कार्यकर्ताहरूले उनलाई “पर्सा–३ का गेमचेन्जर” को संज्ञा दिन थालेका छन्।

नेता जयसवालले विभिन्न कार्यक्रममा पाण्डेलाई परिवर्तनको संवाहक तथा भरोसायोग्य युवा नेतृत्वका रूपमा प्रस्तुत गर्दै आएका छन्। मतदातासँगको प्रत्यक्ष संवादमा उनले क्षेत्रको दीर्घकालीन विकासका लागि युवा सोच र अनुभवी मार्गदर्शनको संयोजन आवश्यक रहेको धारणा राख्दै आएका छन्।

उम्मेदवार पाण्डेले अघि सारेका एजेन्डा—पूर्वाधार विस्तार, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार—लाई मतदाताले सकारात्मक रूपमा लिएको एमालेको भनाइ छ। विशेषगरी युवावर्ग, व्यवसायी तथा शिक्षित समुदायमा पाण्डेको भिजनप्रति आकर्षण बढ्दै गएको दाबी गरिएको छ।

एमालेले पर्सा–३ मा यसपटकको प्रतिस्पर्धालाई उम्मेदवार मात्र नभई संगठन, रणनीति र विश्वसनीयताबीचको प्रतिस्पर्धाका रूपमा व्याख्या गरेको छ। पार्टीले पाण्डेको युवा ऊर्जा र जयसवालको अनुभवलाई ‘डबल इन्जिन’ रणनीतिका रूपमा अघि सारेको जनाएको छ।

यसैबीच उम्मेदवार पाण्डेले मंगलबार सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. २ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डाहरू प्रस्तुत गरेका थिए।

घरदैलो कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल सहित स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले पाण्डेको उम्मेदवारीप्रति समर्थन जनाउँदै विकास र सुशासनका एजेन्डामा प्रतिबद्ध रहन आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवाको ऊर्जा र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : रुपेश पाण्डे

वीरगंज । नेकपा एमालेका नेता रुपेश पाण्डेले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूमा शुभकामना व्यक्त गरेका छन् । युवा केवल भविष्य...

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...