Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

पर्सा–२ मा रास्वपा उम्मेदवार सुशील कानुको घरदैलो तीव्र

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १७, अलौ सिवान टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। युवादेखि जेष्ठ नागरिकसम्मको उपस्थितिले चुनावी माहोल थप उत्साहपूर्ण बनेको सहभागीहरूले बताएका छन्।

घरदैलोका क्रममा ८५ वर्षीय जेष्ठ नागरिक जनक साहले उम्मेदवार कानुलाई विजयको आशीर्वाद दिँदै नेतृत्व परिवर्तनको आवश्यकता औँल्याए। उनले सामाजिक सुरक्षा भत्ताहरू सरकारबाट प्राप्त हुने व्यवस्था भएकाले कुनै पार्टीको झुटो आश्वासनमा नपरी तथ्यमा आधारित भएर सही निर्णय गर्नुपर्ने धारणा व्यक्त गरे। “अबको समय परिवर्तनको हो, भावनामा होइन यथार्थमा आधारित भएर मतदान गर्नुपर्छ,” उनले भने।

उम्मेदवार कानुले घरदैलोका क्रममा स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै रास्वपाका प्राथमिक एजेन्डाहरू प्रस्तुत गरे। उनले दलित समुदाय लक्षित स्वास्थ्य सेवामा सुधार, शिक्षामा समान पहुँच, युवाहरूका लागि स्थायी रोजगारी तथा कृषिमा आधारित स्वरोजगार सिर्जना आफ्नो मुख्य प्रतिबद्धता रहेको बताए।

“राजनीति भाषणमा होइन, परिणाममा देखिनुपर्छ। जनताको जीवनस्तर सुधार नै हाम्रो पहिलो लक्ष्य हुनेछ,” कानुले भने। उनले विकास, रोजगारी, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै क्षेत्रको आवश्यकता र यथार्थका आधारमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

स्थानीयवासीहरूले पुराना राजनीतिक दलबाट अपेक्षित विकास र सुशासन नपाएको गुनासो गर्दै यसपटक नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...