Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्सा ३ काे प्रसाैनीमा रास्वपाका ५० जना एमालेमा प्रवेश, रुपेश पाण्डेयलाई समर्थन

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ३ काे जगरनाथपुर गाउँपालिका वडा नं. ६ पर्सौनी बहुवरीमा साेमबार एमालेकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा राहुल चतुर्वेदीको नेतृत्वमा ५० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी एमालेमा प्रवेश गरेका छन्।

कार्यक्रमको अवसरमा एमालेले वडा स्तरमै आफ्नो संगठन थप मजबुत बनाउँदै क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटन पनि गरेको छ । कार्यक्रममा एमाले नेता प्रभु हजरा, प्रदेश सभा सदस्य प्रमाेद जयसवाल, प्रह्लाद गिरी लगायतका प्रभावशाली नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

वक्ताहरूले एमाले उम्मेदवार रुपेश पाण्डेयलाई क्षेत्र नं. ३ को विकास गर्ने सक्षम र इमानदार उम्मेदवारको रूपमा प्रस्तुत गर्दै जनताको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता रहेको बताए।

उनीहरूले रुपेश पाण्डेयले बोलेको कुरा पूरा गर्ने, जनताको पक्षमा सोच्ने र विकास निर्माणमा निरन्तर लाग्ने सशक्त उम्मेदवारको रूपमा चित्रण गर्दै उनलाई विजयी गराउने दायित्व अब क्षेत्रका जनताकै भएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...