Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सा १ का उम्मेदवार हैदरमाथि आक्रमण, पिपुल फ्रष्ट पार्टीद्वारा निन्दा

spot_img
spot_img

वीरगंज । पिपुल फ्रष्ट पार्टीले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार जावेद एकवाल हैदरमाथि निर्वाचन प्रचार–प्रसारका क्रममा भएको सांघातिक हमलाप्रति आपत्ति जनाएको छ।

पार्टीका संयोजक प्रशान्त सिंहले सोमबार जारी विज्ञप्तिमार्फत उक्त घटनालाई दुर्भाग्यपूर्ण र आपत्तिजनक ठहर गर्दै घोर निन्दा गरेका छन्। विज्ञप्तिमा निर्वाचन अवधिमा उम्मेदवारमाथि भएको यस्तो हमला निष्पक्ष, तटस्थ र स्वच्छ प्रतिस्पर्धाको वातावरणमाथि गम्भीर प्रश्न उठाउने खालको भएको उल्लेख गरिएको छ।

संयोजक सिंहले दोषीहरूको पहिचान गरी आवश्यक खोजी तथा छानबिन गरेर तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। साथै, घाइते उम्मेदवारको उपचार तथा पूर्ण सुरक्षा सुनिश्चित गर्न पनि पार्टीले आग्रह गरेको छ।

“निर्वाचन अवधिमा उम्मेदवारमाथि हुने यस्ता हिंसात्मक घटनाप्रति हाम्रो पार्टी गम्भीर ध्यानाकर्षण गराउँछ,” विज्ञप्तिमा भनिएको छ, “यसप्रति संवेदनशील भई आवश्यक कदम चाल्न सरकार र सुरक्षा निकायसँग माग गर्दछौं।”

पार्टीले निर्वाचन आयोग, निर्वाचन कार्यालय तथा सुरक्षा निकायलाई घटनामा विशेष ध्यान दिन आग्रह गर्दै उम्मेदवारमाथि हुने कुनै पनि प्रकारको हिंसा लोकतान्त्रिक प्रक्रियामा बाधा पुर्‍याउने भएकाले यस्ता घटनालाई रोक्न कडा कदम चालिनुपर्ने बताएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...