Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जगरनाथपुर गाउँपालिकामा जेन–जेड कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको जेन–जेड (Gen Z) अभियानको नेतृत्वमा जगरनाथपुर गाउँपालिकामा नयाँ कमिटी गठन गर्ने उद्देश्यसहित बैठक सम्पन्न भएको छ। बैठकले जगरनाथपुर क्षेत्रमा जेन–जेड कमिटी विस्तार गर्ने निर्णय गर्दै संगठनलाई थप सक्रिय बनाउने निष्कर्ष निकालेको जनाएको छ।

बैठकको निर्णयअनुसार जगरनाथपुर गाउँपालिकामा अमर किशोर ठाकुर लोहारको अध्यक्षतामा २१ सदस्यीय जेन–जेड कमिटी गठन गरिएको छ। भेलाले उनको नेतृत्वमा युवाहरूलाई सदस्यका रूपमा समेट्दै संगठनलाई बलियो बनाउने निर्णय गरेको हो।

समितिले अन्य समसामयिक विषयमा पनि छलफल गर्दै आगामी दिनमा विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

बैठकमा पर्सा जेन–जेडका सल्लाहकार अधिवक्ता अनिल शाह, कालिकामाई संयोजक रजनीश कुशवाहा, सुशील पटेल, मधुरञ्जन शाह लगायत युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नवगठित समितिमा हरि ओम र मिथुन प्रसाद पटेल लगायतका सदस्यहरू समेटिएका छन् । जेन–जेड अभियानलाई जगरनाथपुर क्षेत्रमा विस्तार गर्दै युवाहरूलाई संगठित गर्ने लक्ष्यका साथ समिति गठन गरिएको आयोजकले बताएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...