Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

प्रसौनी गाउँपालिकाद्वारा निर्वाचन आचारसंहिता उल्लंघनको आरोप

spot_img
spot_img

वीरगंज। बाराको क्षेत्र नं. ४ अन्तर्गत पर्ने प्रसौनी गाउँपालिकाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको आचारसंहिता उल्लंघन गरेको आरोप लागेकाे छ। स्थानीयले बताएका अनुसार, गाउँपालिकाले मतदातालाई प्रभावित पार्ने उद्देश्यले धमाधम विकासका गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

यस क्रममा वडा नं. २, ५ र ६ मा पर्ने बेलहिया, प्रष्टोका र भलुही चौक लगायतका विभिन्न स्थानमा बोरिङ जडान गरी घरघरमा धारा जडान गर्ने काम भइरहेको छ । स्थानीय बासिन्दा र स्रोतका अनुसार, यस कार्यको नेतृत्व सो वडाका निर्वाचित जनप्रतिनिधि र गाउँपालिकाका प्रमुख स्वयं गर्दै आएका छन्।

विश्लेषकहरू भन्छन् कि निर्वाचन नजिकिँदै गर्दा यस प्रकारको गतिविधि मतदातामा दबाब वा लोभजाल सिर्जना गर्न सक्ने जोखिम राख्छ । आचारसंहिता उल्लंघनको यो घटना सम्बन्धित निकायले ध्यानमा लिएर अनुसन्धान वा सचेतनाको आवश्यकता रहेको बताइएको छ।

स्थानीयका अनुसार, यस प्रकारका गतिविधिले मतदाताको स्वतन्त्र निर्णय प्रक्रियामा प्रभाव पार्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...