Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

सुवर्णपुरबाट मानसिक अस्थिर पुरुष उद्धार, मानवसेवा आश्रममा भर्ना

spot_img
spot_img

वीरगंज । पर्साकाे ठोरी गाउँपालिका वार्ड नम्बर ५, सुवर्णपुर चोकबाट एक जना आफ्नो नाम थर स्पष्ट गर्न नसक्ने र मानसिक अवस्था कमजोर भएको अनुमानित ३० वर्षीय पुरुषलाई मंगलबार दिउँसो २:३० बजे मानवसेवा आश्रम बिरगंज शाखाले उद्धार गरेको छ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ता, संयोजक मुना मगर, अभिभावक प्रकाश थारू, ठोरी गाउँपालिका वार्ड नं. ५ का वडा अध्यक्ष अस्ट बहादुर लोप्चन, प्रहरी चौकी सुवर्णपुरका प्रहरी वरिष्ठ हवलदार विवेक राउत कुर्मी लगायतको उपस्थिती रहेको थियो।

उद्धार पश्चात् पुरुषलाई आश्रममा ल्याइएर सरसफाइ, नुहाइ धुहाइ गरिएको छ। यसपछि डाक्टर भरत गोईको निगरानीमा आवश्यक औषधि र उपचार सुरु गरिने बताइएको छ।

मानवसेवा आश्रमले सामाजिक सुरक्षा र मानसिक स्वास्थ्य क्षेत्रमा यस प्रकारको सक्रिय पहललाई निरन्तरता दिने जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...