Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

विद्यार्थीको प्रतिभा उजागर गर्न वीरगंजमा विद्यार्थी महोत्सव सम्पन्न

spot_img
spot_img

वीरगंज । विद्यार्थीहरूको क्षमता, प्रतिभा र सम्भावनालाई उजागर गर्ने उद्देश्यसहित विद्यार्थी महोत्सव २०२६ भव्य रूपमा सम्पन्न भएको छ।

हिमालयन व्हाइट हाउस अन्तर्राष्ट्रिय कलेजद्वारा प्रस्तुत र प्रेसिडेन्सियल ग्राजुएट स्कूलको सहकार्यमा, साथै एईसीसी ग्लोबल सँगको एसोसिएसनमा आयोजना महाेत्सव सम्पन्न भएकाे हाे । कार्यक्रमका संयोजक रोशन गुप्ताका अनुसार कार्यक्रममा गुरुकुल सीए को–स्पोन्सर र युनिग्लोब कलेज मुख्य स्पोन्सरका रूपमा सहयोगी रहेका थिए ।

रोशन गुप्ताको अध्यक्षतामा सम्पन्न यस ऐतिहासिक कार्यक्रममा १,५०० भन्दा बढी विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाए । कार्यक्रममा शैक्षिक मार्गदर्शन, प्रेरणादायी सत्र, करियर विकाससम्बन्धी छलफल र सांस्कृतिक प्रस्तुतीकरणहरू प्रस्तुत गरिएको थियो।

महोत्सव सफल बनाउन आयोजक टिमको महत्वपूर्ण भूमिका रहेको थियो । मुख्य टिम सदस्यहरूमा प्रकाश कर्ण, रामबिनय यादव, आलोक यादव, आलोक ठाकुर र महावीर रजक रहेका थिए।

आयोजक समितिका अनुसार, विद्यार्थी महोत्सव केवल एउटा कार्यक्रम मात्र नभई विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणतर्फको साझा प्रयास हो । यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई आत्मविश्वासी, सक्षम र अवसरमुखी बनाउने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, डा. प्रीती यादव, कमल चौगाइ, अरबिन्द श्रेष्ठ, प्रकाश कर्ण, आलोक ठाकुर, अन्कित चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...