Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सा–३ मा प्रतिनिधि सभा चुनाव: कांग्रेस, एमाले र नेकपाबीच मुख्य प्रतिस्पर्धा

spot_img
spot_img

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा पर्सा क्षेत्र नं. ३ मा प्रमुख तीन दल—नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)—बीच मुख्य प्रतिस्पर्धा देखिएको छ।

क्षेत्रवासीका अनुसार कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी, एमालेका उम्मेदवार रुपेश पाण्डे र नेकपाका उम्मेदवार छोटेलाल यादवबीच मुख्य प्रतिस्पर्धा हुने सम्भावना रहेको छ।

अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट एमालेका राजकुमार गुप्ता विजयी भएका थिए । गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहेका थिए, तर भ्रष्टाचार मुद्दाका कारण जेलमा रहेकाले उनलाई एमालेले टिकट दिएन । उनको सट्टा रुपेश पाण्डे चुनावी मैदानमा आएका हुन् । पाण्डे नयाँ अनुहार भए पनि क्षेत्रका लागि उनको संगठनात्मक बल र पार्टी भित्रको एकताले उनलाई बलियो उम्मेदवार बनाएको छ ।

कांग्रेसका पूर्वमन्त्री चौधरी यस पटक पनि उम्मेदवार छन् । तर, उनको लामो राजनीतिक अनुभव र जनमानसमा भएको परिवर्तनको प्रवृत्तिले केही चुनौती उत्पन्न गर्ने क्षेत्रवासीको अनुमान छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका निर्माण व्यवसायी रामाकान्त चौरसिया पूर्वमा कांग्रेससँग आबद्ध भएका थिए, जसले कांग्रेसको मत प्रभावित गर्न सक्ने सम्भावना छ ।

पर्सा–३ मा कुल २३ जना उम्मेदवार छन् । १४ जना विभिन्न दलका उम्मेदवार र ९ जना स्वतन्त्र उम्मेदवार छन् । यस क्षेत्रबाट जनमत पार्टीले मात्र महिला उम्मेदवार मालती कुशवाहा उठाएकी छन्, बाँकी २२ जना पुरुष उम्मेदवार रहेका छन् ।

एमालेले शुरूमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रमोद जयसवाललाई टिकट दिने निर्णय गरेको थियो । तर, जयसवाल चुनावमा भाग लिन अनिच्छुक देखिएपछि एमालेले रुपेश पाण्डेलाई टिकट दिएको थियो ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवीनकुमार सिंह पनि चुनावी मैदानमा रहेका छन्। सिंह सरकारी सेवाबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन् ।

यसैगरी, जसपा नेपालबाट नागेन्द्र यादव, नेमकिपाबाट सरोज साह, नेपाल जनता पार्टीबाट धर्मेन्द्र तिवारी, संयुक्त नागरिक पार्टीबाट शिवनाथ महतो, जय मातृभूमि पार्टीबाट राजकुमार यादव, उज्यालो नेपाल पार्टीबाट रामरूपप्रसाद साह, राष्ट्रिय मुक्ति पार्टीबाट मनोज पण्डित कुम्हाल र आम जनता पार्टीबाट महमद इस्तखार चुनावी मैदानमा देखिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...