Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सा–३ मा प्रतिनिधि सभा चुनाव: कांग्रेस, एमाले र नेकपाबीच मुख्य प्रतिस्पर्धा

spot_img
spot_img

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा पर्सा क्षेत्र नं. ३ मा प्रमुख तीन दल—नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)—बीच मुख्य प्रतिस्पर्धा देखिएको छ।

क्षेत्रवासीका अनुसार कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी, एमालेका उम्मेदवार रुपेश पाण्डे र नेकपाका उम्मेदवार छोटेलाल यादवबीच मुख्य प्रतिस्पर्धा हुने सम्भावना रहेको छ।

अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट एमालेका राजकुमार गुप्ता विजयी भएका थिए । गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहेका थिए, तर भ्रष्टाचार मुद्दाका कारण जेलमा रहेकाले उनलाई एमालेले टिकट दिएन । उनको सट्टा रुपेश पाण्डे चुनावी मैदानमा आएका हुन् । पाण्डे नयाँ अनुहार भए पनि क्षेत्रका लागि उनको संगठनात्मक बल र पार्टी भित्रको एकताले उनलाई बलियो उम्मेदवार बनाएको छ ।

कांग्रेसका पूर्वमन्त्री चौधरी यस पटक पनि उम्मेदवार छन् । तर, उनको लामो राजनीतिक अनुभव र जनमानसमा भएको परिवर्तनको प्रवृत्तिले केही चुनौती उत्पन्न गर्ने क्षेत्रवासीको अनुमान छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका निर्माण व्यवसायी रामाकान्त चौरसिया पूर्वमा कांग्रेससँग आबद्ध भएका थिए, जसले कांग्रेसको मत प्रभावित गर्न सक्ने सम्भावना छ ।

पर्सा–३ मा कुल २३ जना उम्मेदवार छन् । १४ जना विभिन्न दलका उम्मेदवार र ९ जना स्वतन्त्र उम्मेदवार छन् । यस क्षेत्रबाट जनमत पार्टीले मात्र महिला उम्मेदवार मालती कुशवाहा उठाएकी छन्, बाँकी २२ जना पुरुष उम्मेदवार रहेका छन् ।

एमालेले शुरूमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रमोद जयसवाललाई टिकट दिने निर्णय गरेको थियो । तर, जयसवाल चुनावमा भाग लिन अनिच्छुक देखिएपछि एमालेले रुपेश पाण्डेलाई टिकट दिएको थियो ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवीनकुमार सिंह पनि चुनावी मैदानमा रहेका छन्। सिंह सरकारी सेवाबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन् ।

यसैगरी, जसपा नेपालबाट नागेन्द्र यादव, नेमकिपाबाट सरोज साह, नेपाल जनता पार्टीबाट धर्मेन्द्र तिवारी, संयुक्त नागरिक पार्टीबाट शिवनाथ महतो, जय मातृभूमि पार्टीबाट राजकुमार यादव, उज्यालो नेपाल पार्टीबाट रामरूपप्रसाद साह, राष्ट्रिय मुक्ति पार्टीबाट मनोज पण्डित कुम्हाल र आम जनता पार्टीबाट महमद इस्तखार चुनावी मैदानमा देखिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...