Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

पर्सा–२ मा जसपा उम्मेदवार अशोक टेमानीको संवादमुखी घरदैलो, मतदातामा बढ्दो आशा

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानीले घरदैलो अभियानलाई थप तीव्र र प्रभावकारी बनाएका छन् । चुनावी प्रचार–प्रसारका क्रममा टेमानीले बहुदरमाई नगरपालिका वडा नम्बर–२ सिसियारी बैरियाका मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन् ।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार टेमानीले स्थानीय बासिन्दासँग शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक तथा आधारभूत सेवासम्बन्धी समस्याबारे जानकारी लिएका थिए । मतदाताबाट आएका सुझाव र अपेक्षालाई गम्भीरतापूर्वक सुन्दै उनले आफू निर्वाचित भएपछि ती विषयहरूलाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे ।

‘म नेता होइन, जनताको सेवक भएर काम गर्न आएको हुँ,’ टेमानीले भने, ‘विगतको अभ्यासभन्दा फरक, जवाफदेही र जनमुखी राजनीति आजको आवश्यकता हो।’

पछिल्लो एक हप्तादेखि उम्मेदवार टेमानी पर्सा क्षेत्र नम्बर–२ अन्तर्गतका विभिन्न स्थानमा मतदातासँग निरन्तर भेटघाट, छलफल तथा समस्या सुन्ने कार्यमा व्यस्त छन् । वीरगंज महानगरपालिकाका वडाहरू, पर्सागढी नगरपालिका तथा बहुदरमाई नगरपालिकाका गाउँ–टोलमा पुगेर उनले जनताको गुनासा र आवश्यकताहरू बुझ्ने प्रयासलाई तीव्र बनाएका हुन् ।

मतदातासँगको प्रत्यक्ष संवादका क्रममा टेमानीले मधेश र पर्साको दीर्घकालीन विकास योजनाको खाँचो औँल्याउँदै वीरगंजसहित पर्सा जिल्लालाई आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा विकास गर्न संघीय सरकारमा बलियो प्रतिनिधित्व आवश्यक रहेको बताए ।

‘जनताको पीडा बुझ्ने, जनतासँगै हिँड्ने र जनताकै आवाज संसदमा पुर्‍याउने प्रतिनिधि आजको आवश्यकता हो,’ उनले थपे ।

घरदैलो अभियानमा सहभागी स्थानीय मतदाताले टेमानीको सरल स्वभाव, सहज पहुँच र सक्रिय नेतृत्वको खुलेर प्रशंसा गरेका छन् । लामो समयदेखि क्षेत्रमै निरन्तर सक्रिय रहँदै आएका टेमानीले जनताको विश्वास जित्ने दिशामा ठोस पहल गरिरहेको स्थानीयको भनाइ छ ।

घर–आँगनमै उम्मेदवारलाई भेट्न पाउँदा स्थानीयवासी उत्साहित देखिएका थिए । उनीहरूले सडक, नाला, सिँचाइ, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर, मल–बीउको अभाव तथा कृषिउपजको उचित मूल्य नपाएको समस्याबारे गुनासो व्यक्त गरेका छन् । ती विषयलाई दीर्घकालीन समाधानतर्फ लैजान नीति निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय भूमिका खेल्ने प्रतिबद्धता उम्मेदवार टेमानीले जनाएका छन् ।

संवादमुखी घरदैलो अभियानका कारण पर्सा क्षेत्र नम्बर–२ का मतदातामा आशा पलाएको स्थानीयको भनाइ छ । बहुदरमाई नगरपालिका वडा नम्बर–२ का टोलहरूमा शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिको समस्या गम्भीर रहेकाले यसपटक परिवर्तनको अपेक्षासहित मतदानप्रति उत्साह बढेको देखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...