Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

१०औँ प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेटको उपाधि मुनलाईट माविलाई

spot_img
spot_img

वीरगंज । १०औँ प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि मुनलाईट माध्यमिक विद्यालयले उचालेको छ । प्याब्सन पर्साको आयोजनामा गत माघ ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ४० विद्यालयको सहभागिता रहेको थियो ।

शनिबार सम्पन्न फाइनल खेलमा मुनलाईट माविले सनलाईट माविलाई ३ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । गत संस्करणको समेत विजेता रहेको मुनलाईटले बलिङ र ब्याटिङ दुवै क्षेत्रमा सशक्त प्रदर्शन गर्दै सनलाईटलाई उपविजेतामा सीमित गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको सनलाईट माविले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ६६ रन मात्र जोड्न सक्यो । जवाफी ब्याटिङमा उत्रिएको मुनलाईटले १२.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । उपाधि जित्न महत्वपूर्ण २९ रनको योगदान दिएका मुनलाईटका दिलराज यादव खेलको म्यान अफ द म्याच घोषित भए ।

यसअघि शनिबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा सेन्ट जेभियर्स माविले गोल्डेन फ्युचर स्कुललाई ९ विकेटले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेन फ्युचरले दिएको ४१ रनको लक्ष्य सेन्ट जेभियर्सले मात्र ६ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । उक्त खेलको म्यान अफ द म्याच सेन्ट जेभियर्सका महमद आसिफ अली बने ।

शुक्रबार क्वार्टरफाइनल चरणबाट बाहिरिएका टिमहरूबीच भएको प्लेट च्याम्पियन प्रतियोगितामा गौतम मावि विजयी भएको छ भने यस संस्करणको फेयर प्ले टिमको उपाधि एमइएस माविले प्राप्त गरेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए ।

विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने विद्यालयहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र, क्याप तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज मुनलाईटका दिलरञ्जन यादव घोषित भए । उत्कृष्ट बलर गोल्डेन फ्युचरका निरञ्जन यादव, उत्कृष्ट ब्याट्सम्यान मनकामना माविका अब्बुबक्कर समानी, उत्कृष्ट किपर मुनलाईटका अनुप कुँवर तथा उत्कृष्ट नव–उदीयमान खेलाडी साउथ जोनका प्रिन्स यादव चयन भए । उत्कृष्ट फिल्डर सनलाईटका रत्नेश यादव भएका थिए ।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, वडा नं. १३ का वडा अध्यक्ष हिरा गिरी, मुख्य प्रायोजक नेपाल मेडिसिटीका कार्यकारी निर्देशक विजय रिमाललगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा शिक्षाविद्हरूको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...