Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

पटेर्वा सुगौलीमा उर्लियो एमालेको जनलहर, पर्सा–३ मा रूपेश पाण्डेको जित सुनिश्चित : योगेश भट्टराई

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा जनलहर उर्लिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिताले पर्सा–३ मा राजनीतिक परिवर्तन निश्चित भएको संकेत दिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय कमिटी उपमहासचिव तथा पूर्व मन्त्री, लोकप्रिय युवा नेता योगेश भट्टराईले पर्सा–३ मा परिवर्तन अवश्यंभावी रहेको दाबी गरे । उनले विकास, सुशासन र रोजगारी सिर्जनामा नेकपा एमाले स्पष्ट भिजनका साथ अघि बढिरहेको उल्लेख गर्दै मधेसको समग्र विकासका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताए । “पर्सा–३ बाट ऊर्जावान र योग्य उम्मेदवार रूपेश कुमार पाण्डेको जित सुनिश्चित छ,” भट्टराईले भने ।

अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा युवा उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासलाई केन्द्रमा राख्दै आफ्नो स्पष्ट विकास दृष्टिकोण प्रस्तुत गरे । उनले पर्सा–३ लाई समृद्ध, आत्मनिर्भर र अवसरयुक्त क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र युवाको रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
“अब नाराभन्दा कामको राजनीति आवश्यक छ,” भन्दै पाण्डेले जनताको विश्वासलाई विकासमा रूपान्तरण गर्ने संकल्प व्यक्त गरे ।

नेकपा एमाले पटेर्वा सुगौली गाउँपालिका कमिटी अध्यक्ष पुरण यादवको अध्यक्षता तथा केन्द्रीय कमिटी उपमहासचिव योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य विजय सरावगी, केन्द्रीय सल्लाहकार परिषद सदस्य अरबिन्द सिंह, मधेस प्रदेश कमिटी उपाध्यक्ष बिचारी यादव, प्रदेश कमिटी सदस्यहरू, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दाश, नेता शिव पटेल, प्रमोद जयसवाल, महिला नेतृ मन्तुरा चौधरी, फुलमति चौधरी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले देशको राष्ट्रियता, स्थिरता र समृद्धिका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको धारणा राख्दै पर्सा–३ बाट योग्य, ऊर्जावान र विकासप्रेमी उम्मेदवारका रूपमा रूपेश कुमार पाण्डेलाई विजयी गराउन आह्वान गरे ।

पटेर्वा सुगौलीमा देखिएको उत्साह र जनसहभागिताले पर्सा–३ मा राजनीतिक परिवर्तनको स्पष्ट संकेत दिएको छ । विकास र समृद्धिको एजेन्डासहित मैदानमा उत्रिएका युवा उम्मेदवार रूपेश कुमार पाण्डेप्रति जनविश्वास निरन्तर बढ्दै गएको देखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवाको ऊर्जा र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : रुपेश पाण्डे

वीरगंज । नेकपा एमालेका नेता रुपेश पाण्डेले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूमा शुभकामना व्यक्त गरेका छन् । युवा केवल भविष्य...

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...