Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

पर्सा–२ मा जसपा उम्मेदवार टेमानीको घरदैलो सशक्त, सुगौलीवीर्तामा अगुवा भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै घरदैलो अभियानलाई थप सशक्त बनाएका छन्। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार टेमानीले घरदैलो अभियानसँगै कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रमलाई व्यापक बनाएका हुन्।

यसैक्रममा शुक्रबार बिहान वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीवीर्तामा जसपाको अगुवा भेला सम्पन्न भएको छ। भेलामा प्रमुख अतिथि पूर्व मुख्यमन्त्री एवं जसपाका नेता लालबाबु राउत गद्दी, विशिष्ट अतिथि पूर्वमन्त्री रमेश कुर्मी, पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीसहित जसपाका नेता विरेन्द्र प्रसाद यादव, आशुतोष चतुर्वेदी, मुसाफिर अन्सारी, रामनाथ कुशवाहा, सकल हजरा पासवान, विरबल यादव, रिजवान अन्सारी तथा नेतृ करिमा बेगमको विशेष उपस्थिति रहेको थियो।

भेलालाई सम्बोधन गर्दै विशिष्ट अतिथि पूर्वमन्त्री रमेश कुर्मीले पर्सा क्षेत्र नं. २ का जनताको माया–स्नेहका कारण आफू दुईपटक निर्वाचित भएको स्मरण गराउँदै यसपटक पनि जसपाका उम्मेदवार अशोक टेमानीलाई जिताउन आग्रह गरे। उनले आफू निर्वाचित भएपछि विकास निर्माणका कामहरू अघि बढाएको उल्लेख गर्दै यस क्षेत्रको समग्र विकास जसपाबाट मात्र सम्भव हुने विश्वास व्यक्त गरे।

कुर्मीले समाजसेवामा लामो समयदेखि निःस्वार्थ सक्रिय रहेका टेमानी विजयी भए पर्सा क्षेत्र नं. २ को समग्र विकास हुने दाबी गर्दै भने, “उद्योगी सोच भएका व्यक्तिले मात्र यस क्षेत्रको विकास गर्न सक्छन्। जसरी तपाईंहरूले मलाई जिताउनुभएको थियो, त्यसैगरी यसपटक जसपाका उम्मेदवार टेमानीलाई पनि जिताउनुस्।”

उनले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव जस्ता समस्याको समाधानका लागि तीनै तहको सरकारमा जसपाका प्रतिनिधि आवश्यक रहेको बताउँदै संघमा पनि आफ्नै उम्मेदवार विजयी भए समन्वय प्रभावकारी भई विकास तीन गुणा बढ्ने दाबी गरे।

त्यसैगरी भेलालाई सम्बोधन गर्दै जसपा नेतृ करिमा बेगमले सबै जातजातिको पहिचान र अधिकारका लागि निरन्तर लड्ने पार्टी जसपा नै भएको बताइन्। उनले भूमि आयोगको मुद्दा पनि जसपाले नै उठाउँदै आएको उल्लेख गर्दै भनिन्, “व्यक्ति परिवर्तन हुन सक्छ, तर पार्टी र एजेण्डा परिवर्तन हुँदैन। जनताको दुःख–पीडा बुझ्ने, सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय अशोक टेमानी जस्तो व्यक्तिको आवश्यकता पर्सा–२ मा छ, त्यसैले उहाँलाई जिताउन सबै एकजुट हुनुपर्छ।”

कार्यक्रममा उम्मेदवार अशोक टेमानीले आफू भाषणभन्दा पनि काम गर्न राजनीतिमा आएको बताउँदै एक पटक मौका दिन आग्रह गरे। उनले भने, “यस क्षेत्रका जनताको समस्याको दीर्घकालीन समाधानका लागि चुनावी मैदानमा उत्रिएको हुँ। काम गरेर देखाउँछु, तपाईंहरूको विश्वास कहिल्यै तोड्दिन।”

भेलामा सहभागी युवा तथा कार्यकर्ताहरूले सबै एकजुट भई टेमानीलाई विजयी बनाउने प्रतिबद्धता जनाएका थिए। उनीहरूले अन्य दलका नेताहरू निर्वाचित भए पनि अपेक्षित विकास हुन नसकेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधार विकासका लागि जसपाको विकल्प नरहेको धारणा व्यक्त गरे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...