Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

नेत्रहीन युवा संघद्वारा तीन वर्षे परियोजना समापन गर्दै खेलाडी र कर्मचारीलाई सम्मान

spot_img
spot_img

सिमरा । नेत्रहीन युवा संघ नेपाल, बारा शाखाले शनिबार विशेष समारोहका बीच आफ्नो तीन वर्षे परियोजना सफलतापूर्वक समापन गर्दै कर्मचारी र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चम्काउन सफल खेलाडीलाई सम्मान गरेको छ।

सन् २०२३ देखि २०२५ सम्म सञ्चालित ‘एक्सन फर चेन्ज’ (Action for Change) परियोजना समापन अवसरमा फिल्ड मोबिलाइजर ज्योति कुमारी झालाई उनको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानका साथ बिदाइ गरियो। उनलाई कदरपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर विशेष उपहारसहित सम्मान गरिएको थियो।

सोही कार्यक्रममा सन् २०२५ मा सम्पन्न प्रथम नेत्रहीन महिला विश्वकप टी-२० क्रिकेटमा नेपाललाई उपविजेता बनाउन सफल र ‘म्यान अफ द सिरिज’ उपाधि हात पारेकी खेलाडी मन केसी चौधरीलाई पनि सम्मानपत्र, दोसल्ला र विशेष उपहार प्रदान गरी बधाई ज्ञापन गरिएको थियो।

समारोहमा नेत्रहीन युवा संघ बाराका अध्यक्ष सुधिर चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथिले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदमा उपमहानगरपालिकाको विशेष ध्यान पुग्न नसकेको स्वीकार गर्दै आगामी दिनमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशिष्ट अतिथिको रूपमा अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा प्रसाद वाग्लेले अपाङ्गता भएका व्यक्तिहरूले अवसर पाएमा व्यक्तिगत मात्र नभई राष्ट्रकै गौरव बढाउन सक्ने बताउनुभयो। सिमरा क्रिकेट संघका अध्यक्ष पंकज शर्मा, खेलकुद महासंघ सिमराका प्रतिनिधि तथा विविध क्षेत्रका व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो।

संस्थाका सदस्य जीवन अधिकारीले स्वागत मन्तव्य राख्दै राज्यले अपाङ्गता भएका व्यक्तिहरूको सर्वाङ्गीण सहभागितामा पर्याप्त ध्यान नदिएकोमा चिन्ता व्यक्त गरे। सभापतिको आसनबाट बोल्दै अध्यक्ष सुधिर चौधरीले फिल्ड मोबिलाइजर ज्योति कुमारी झाको योगदान र खेलाडी मन केसी चौधरी जस्ता प्रतिभालाई थप हौसला दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...