Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सा–४ का आजपा उम्मेदवार ईमदाद गद्दीद्वारा मतदातासँग भेटघाट

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ४ का आम जनता पार्टी (आजपा) का उम्मेदवार ईमदाद गद्दीले छिपहरमाई गाउँपालिकामा मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।

भेटघाटको क्रममा उम्मेदवार गद्दीले स्थानीय जनताको समस्या बुझ्ने, विकासका योजनाहरूको जानकारी दिने र आगामी निर्वाचनमा जनताको विश्वास जित्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। उनले क्षेत्र र जिल्लाकाे विकासकाे लागि चुनाव चिन्ह माेबाइल छापमा मतदान गरेर आफुलाई निर्वाचित गराउन मतदातासंग आग्रह समेत गरहेका हुन् ।

स्थानीय बासिन्दाहरूले पनि उम्मेदवारसँग विचार-विमर्श गर्दै क्षेत्रको विकास, रोजगारी सिर्जना र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता औंल्याएका छन्।

उम्मेदवारले मतदातासँगको संवादलाई आफ्नो अभियानको महत्वपूर्ण हिस्सा ठहराउँदै, स्थानीय जनताको अपेक्षा र आवश्यकता अनुसार काम गर्ने आश्वासन दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...