Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

रुपेश पाण्डेयको चौधरीमाथि कडा प्रहार, ‘दूषित राजनीति तत्काल त्याग्न’ चेतावनी

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश पाण्डेयले आफ्ना प्रतिस्पर्धी तथा पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीमाथि गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्।

पाण्डेयले केही दिनअघि चौधरीले दिएको अन्तर्वार्ता तथा सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफूलाई बौद्धिक र विद्वान दाबी गर्ने नेताबाट निरन्तर झुटा आश्वासन, मिथ्या आरोप र अशोभनीय भाषा प्रयोग भएको बताएका छन् । यस्तो अभिव्यक्तिले व्यक्तिगत छविमात्र होइन, समग्र समाजमै नकारात्मक सन्देश जाने उनको भनाइ छ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पोस्टमा पाण्डेयले केही समयअघि चौधरी आफ्नै मानिकपुर–२ स्थित घरमा आएर चिया–नास्ता गरेको विषय उल्लेख गर्दै उक्त घटनालाई प्रत्यक्ष देखेको हुँदाहुँदै पनि ‘सुनेको छु’ भनेर सार्वजनिक कार्यक्रममा प्रस्तुत गरिएको आरोप लगाएका छन्। यसले चौधरीको इमानदारीमाथि गम्भीर प्रश्न उठ्ने पाण्डेयको दाबी छ।

पाण्डेयले २०४६ सालदेखि नै चौधरीलाई सकारात्मक सोच भएका व्यक्ति ठानेको उल्लेख गर्दै पछिल्ला पाँच वर्षयता भने उनले ‘झुटको राजनीति’ गर्दै आएको आफूले नजिकबाट नियालेको बताएका छन्। चौधरीका बोली, व्यवहार र गतिविधिसम्बन्धी प्रमाणहरू सुरक्षित रहेको जनाउँदै अझै पनि सुधारको अवसर दिन चाहेको उनले बताएका छन्।

उनले चौधरीले विभिन्न व्यक्तिहरूमाथि धम्की दिने, झुटा आरोप लगाउने, सार्वजनिक कार्यक्रममा अशोभनीय भाषा प्रयोग गर्ने तथा व्यक्तिगत रिसइबी र राजनीतिक स्वार्थबाट प्रेरित व्यवहार गर्दै आएको आरोप समेत लगाएका छन्। पाण्डेयले यस्तो ‘दूषित र नकारात्मक राजनीति’ तत्काल त्याग्न आग्रह गरेका छन्।

यसअघि चौधरीले एक सार्वजनिक कार्यक्रममा बोल्दै पाण्डेयमाथि व्यङ्ग्य गर्दै उनलाई ‘राजनीतिक संस्कार नभएको नयाँ नेता’को संज्ञा दिएका थिए। अध्ययन र बौद्धिकता बिना नेतृत्व सम्भव नहुने टिप्पणी गर्दै चौधरीले आफ्नो निजी पुस्तकालयमा ४–५ हजार पुस्तक रहेको र नियमित अध्ययन गर्ने दाबी गरेका थिए।

त्यसको प्रत्युत्तरमा पाण्डेयले विद्वान हुन पुस्तक पढ्नु मात्र पर्याप्त नहुने भन्दै ज्ञानलाई व्यवहारमा उतार्न सक्नुपर्ने बताएका छन्। आफू स्वावलम्बी जीवनशैलीमा विश्वास गर्ने र इमानदारीपूर्वक कमाएको पैसाले जीवनयापन गर्दै आएको उनको भनाइ छ।

पोस्टको अन्त्यमा पाण्डेयले सत्य–असत्यको छिनोफानो गर्न गहवामाई मन्दिरमा सँगै कसम खानसमेत चौधरीलाई चुनौती दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...