Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

बालेका दाई कौशलेन्द्रसँग गढीमाई मन्दिर दर्शन गर्दै बारा–३ मा अरविन्द साहले सुरु गरे चुनावी अभियान

spot_img
spot_img

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई. अरविन्द साहले विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गर्दै आफ्नो चुनावी अभियानको औपचारिक सुरुआत गरेका छन् ।

सफल उद्यमी तथा व्यवसायीका रूपमा परिचित साह ‘खल्ती’ डिजिटल वालेट एपका सञ्चालकसमेत हुन्, जसबाट हजारौँ युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । यस निर्वाचनमा उनले रोजगारी सृजना, स्वास्थ्य सेवा सुधार, शिक्षा सुधार र समग्र समृद्धिलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।

अभियानको सुरुआतका क्रममा साहसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का दाजु कौशलेन्द्र शाहको समेत सहभागिता रहेको थियो । मन्दिर दर्शनपछि स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्दै कौशलेन्द्र शाहले विकास, परिवर्तन र समृद्धिका लागि रास्वपालाई जिताउन आग्रह गर्दै इतिहासमै पहिलो पटक मधेसी समुदायका व्यक्तिलाई प्रधानमन्त्री पदसम्म पुर्‍याउने अवसर दिनुपर्ने बताए ।

उनले काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाहले तीन वर्षको कार्यकालमा विभिन्न अवरोधका बाबजुद उल्लेखनीय परिवर्तन ल्याएको उदाहरण प्रस्तुत गर्दै भने, “प्रधानमन्त्री बनेपछि देशले नै काँचुली फेर्नेछ।”

उम्मेदवार अरविन्द साहले बाराको समृद्धिका लागि आफू उम्मेदवार बनेको स्पष्ट पार्दै भने, “कुनै समय बारा जिल्लाको नाम इतिहासमा सुवर्ण अक्षरमा लेखिएको थियो, तर अहिले त्यो पहिचान क्रमशः ओझेलमा पर्दै गएको छ।”

विश्वप्रसिद्ध महागढीमाई मन्दिर क्षेत्रको विकासका लागि अहिलेसम्म ठोस योजना नआएकोप्रति दुःख व्यक्त गर्दै उनले मन्दिरको प्रचार–प्रसार, प्रवर्द्धन र संरक्षण गर्दै यस क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्न सकिने बताए । यसले जिल्लाको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुग्ने उनको धारणा थियो ।

यसैबीच, सोही दिन उम्मेदवार साहले बारा जिल्लाको कलैया उपमहानगरपालिका–२६ मा स्थानीय बाबा कवरथुवा बाबाबाट आशीर्वाद ग्रहण गर्दै आफ्नो चुनावी गतिविधिलाई थप निरन्तरता दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...