Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्याब्सन अन्तर विद्यालय जुनियर नकआउट फुटबल प्रतियोगिता पनि सुरु

spot_img
spot_img

वीरगंज । प्याब्सन पर्साको आयोजनामा जुनियर नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको पछाडिको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले गरेका हुन्।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा मुख्य प्रायोजक राज होजियारीका प्रोप्राइटर राज साह, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, प्याब्सन केन्द्रीय सदस्य छेदुप लामा, प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष इमामुदिन अहमद, प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, प्रेस सेन्टर मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन मधेश प्रदेश अध्यक्ष मनोज पटेल, जिल्ला अध्यक्ष शम्भु कुमार सुमन लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको संचालन प्याब्सन पर्साका सचिव अशोक संग्रवलाले गरेका थिए।

प्रतियोगितामा २१ विद्यालयका खेलाडीहरू सहभागी छन्। ४ फिट १० इन्च उचाइ समूहका खेलाडीहरूलाई मात्र यस वर्ष प्रतियोगितामा सहभागी गराइएको आयोजकले जनाएको छ।

उद्घाटन खेल एसआर ग्यालेक्सी मावि र ज्ञान ज्योति माविबीच सम्पन्न भयो। दोस्रो हाफमा एसआर ग्यालेक्सीका आलोक गिरीले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए र म्यान अफ द म्याच घोषित भए।

यसैबीच, प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत दोस्रो दिन तीन खेल सम्पन्न भएको छ ।

पहिलो खेलमा लिटल एन्जल्स मावि र ज्ञानदा एकेडेमीबीच मुकाबला भयो। लिटल एन्जल्सले १५ ओभरमा ८ विकेट गुमाउँदै ८८ रन बनाएको थियो। जवाफी ब्याटिङमा ज्ञानदा एकेडेमीले ११.४ ओभरमै ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै ४ विकेटले जीत हासिल गर्‍यो। म्यान अफ द म्याच आदित्य महतो घोषित भए।

दोस्रो खेलमा माउण्ट मकालु र मालिनी एकेडेमीबीच प्रतिस्पर्धा भयो। मालिनीले माउण्ट मकालुलाई १२.१ ओभरमा ७२ रनमै समेटेको भए पनि जवाफी ब्याटिङमा ६६ रनमा सिमित रहँदा माउण्ट मकालु विजयी भयो। म्यान अफ द म्याच आकाश कुमार महतो बने।

तेस्रो खेल बीरगन्ज स्कूल र श्री आदर्श माविबीच सम्पन्न भयो। बीरगन्ज स्कूलले १११ रनको बलियो योगफल तयार गर्‍यो। जवाफमा श्री आदर्श मावि सबै विकेट गुमाउँदै ६५ रनमै समेटियो। म्यान अफ द म्याच अनिस कुमार पटेल घोषित भए।

प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदमा प्रतिस्पर्धा र क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...