Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

सेवा, विकास र सुशासनका लागि मेरो उम्मेदवारी : रुपेश पाण्डे

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा रुपेश कुमार पाण्डेय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार बनेका हुन् ।

युवा नेता पाण्डेय भाषणमा मात्र सीमित नभई आफ्नो गाउँ–ठाउँको सुख–दुःखमा सधैं साथ दिने जनप्रिय नेताका रूपमा परिचित छन् । जनताको पीडा बुझ्ने, समस्या सुन्ने र समाधानतर्फ अघि बढ्ने आत्मविश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उनले बताएका छन् ।

चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै पाण्डेयले निर्वाचन जितेपछि स्वास्थ्य, कृषि, शिक्षा, किसान र श्रमिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट योजना अघि सारेका छन् । स्वास्थ्य क्षेत्रमा गाउँ–गाउँमा आधारभूत स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय अस्पताल र आपतकालीन सेवामा सहज पहुँच सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ ।

त्यसैगरी कृषि क्षेत्रमा किसानलाई मल, बीउ, सिँचाइ, बजार तथा उत्पादनको उचित मूल्यको व्यवस्था गरिने उनले बताएका छन् । शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिको प्रयोग र युवालाई सीपमूलक तालिममार्फत रोजगारीमुखी बनाउने योजना रहेको पनि पाण्डेयले उल्लेख गरे ।

किसान र श्रमिकको मेहनतको सम्मान, अधिकारको रक्षा तथा आत्मनिर्भरताका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने उनको भनाइ छ । उनले भने, “मेरो सोच विकास कागजमा होइन, जमिनमा देखिनुपर्छ । राजनीति पदका लागि होइन, सेवाका लागि हुनुपर्छ ।”

पर्सा क्षेत्र नं. ३ को समग्र विकास, सुशासन र उज्यालो भविष्यका लागि युवा सोच, स्पष्ट दृष्टि र दृढ आत्मविश्वासका साथ आफू अघि बढेको पाण्डेयले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...