Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026

पर्सामा चोरीका दुई मोटरसाइकल र एक स्कुटरसहित तीन युवक पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीका दुई वटा मोटरसाइकल र एक वटा स्कुटरसहित तीन जना युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार यही माघ ५ गते साँझ करिब ८ः३० बजे वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको गस्ती टोलीले एक युवकलाई संकास्पद रूपमा मोटरसाइकल डोर्‍याउँदै लगिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। जाँचका क्रममा उक्त मोटरसाइकलमा पछाडिको नम्बर प्लेट र साँचो नदेखिनुका साथै अगाडिका तार काटिएको पाइयो।

नियन्त्रणमा लिइएका वीरगंज–१३ श्रीपुर बस्ने १९ वर्षीय साहिल कुमार रौनियारसँग सोधपुछ गर्दा उनले उक्त मोटरसाइकल पाँच दिनअघि र अर्को नम्बर प्लेट नभएको हुन्डा साइन मोटरसाइकल समेत तीन जनाले मिलेर वीरगंज–१३ दृष्टी आँखा अस्पताल क्षेत्रबाट रातिको समयमा चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ। चोरी गरिएका सवारीसाधनहरू श्यामबाबु ठाकुरको कोठामा लुकाइछिपाइ राखिएको अवस्थामा बरामद गरिएको हो।

यस घटनामा संलग्न रहेको आरोपमा वीरगंज–१३ का १९ वर्षीय श्यामबाबु ठाकुर र भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला सुगौली घर भई हाल वीरगंज–१३ बस्ने १९ वर्षीय रोशन कुमार गुप्तालाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

बरामद सवारीसाधनमा बिआर०५एक्यु६९२४ नम्बर प्लेट लगाइएको टिभिएस कम्पनीको मोटरसाइकल, नम्बर प्लेट नभएको अर्को मोटरसाइकल तथा ना ५५ प १५ नम्बरको कालो रंगको स्कुटर रहेका छन् । पक्राउ परेकाहरूलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

लायन्स क्लब अफ वीरगंजको नेतृत्व दिगम्बर थापालाई, पद हस्तान्तरण सम्पन्न

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज परिवारको लायन वर्ष (LY) २०२५–२६ को पद हस्तान्तरण तथा लायन वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम आइतबार वीरगञ्जस्थित...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ‘जबज’को सान्दर्भिकतामाथि विमर्श

वीरगञ्ज । नेकपा एमालेका नेता तथा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले वर्तमान राजनीतिक परिवेशमा जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता झन् बढ्दै गएको बताएका छन्। मदन...

सशस्त्र प्रहरीको सक्रियता : पर्सामा २३ लाखका तस्करीका सामान नियन्त्रणमा

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी ल्याइएका तथा लैजाँदै गरिएका करिब २३ लाख...