Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

spot_img
spot_img

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साउन ३१ गते बिहान घरबाट हराएकी तीन वर्षीया गरिमा चौधरीको शव भदौ २ गते साँझ भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा फेला परेको हो ।

बालिका हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोजी तथा अनुसन्धान अघि बढाएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी तथा SOCO टोली परिचालन गरिएको थियो । थप अनुसन्धानका लागि नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा जितपुरसिमरा–२ निवासी १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र जबरजस्ती करणी गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएको भनिएको ना.१ ज ७७५८ नम्बरको म्याजिकका चालक जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

दुवै जनाविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।

यसैबीच घटनामा संंलग्नमाथी कडा कारवाहीको माग गर्दै जितपुरसिमरामा प्रदर्शन समेत भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र...

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...