Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

राष्ट्रिय वाणिज्य बैंकद्वारा वार्षिकोत्सवकाे अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । राष्ट्रिय वाणिज्य बैंक मधेस प्रादेशिक कार्यालय वीरगंजले आफ्नो ६१औं वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बुधबार पर्साको पिप्रास्थित श्री निरसिंह माध्यमिक विद्यालय मा सम्पन्न कार्यक्रममा ६० जना विद्यार्थीले प्रत्यक्ष रूपमा सहभागिता जनाई वित्तीय ज्ञान हासिल गरेका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मीले वित्तीय साक्षरता सबैका लागि आवश्यक रहेको बताउँदै दैनिक जीवन, बचत, लगानी र जिम्मेवार आर्थिक निर्णयका लागि यसको महत्वबारे धारणा व्यक्त गरे ।

बैंकको तर्फबाट आलोक रञ्जन कर्ण, उपप्रबन्धक रवि प्रसाद कानु, अशोक कुमार यादव, वृजकिशोर शाह र मोदनारायण चौधरीले विद्यार्थीहरूलाई बचत, बैंकिङ सेवा, डिजिटल कारोबार तथा वित्तीय अनुशासनसम्बन्धी प्रशिक्षण दिएका थिए ।

विद्यार्थीहरूमा आर्थिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएकाे कार्यक्रमका संयोजक आलोक रञ्जन कर्णले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...