Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सा–३ मा प्रमुख दलसहित २३ उम्मेदवारको मनोनयन दर्ता

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ९ जना स्वतन्त्रसहित कुल २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं. ३ को निर्वाचन कार्यालयका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।

निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार नेपाली काँग्रेसबाट सुरेन्द्र प्रसाद चौधरी, नेकपा एमालेबाट रुपेश पाण्डे, नेपाली कम्युनिष्ट पार्टीबाट छोटेलाल प्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमाकान्त चौरसिया, जनता समाजवादी पार्टी नेपालबाट नागेन्द्र प्रसाद यादव, जनमत पार्टीबाट मालती कुमारी कुशवाहा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नविन कुमार सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी, आम जनता पार्टीबाट मोहम्मद इस्तखार, उज्यालो नेपालबाट रामरूप प्रसाद शाह, नेपाल मजदुर किसान पार्टीबाट सरोज कुमार शाह, नेपाल जनता पार्टीबाट धर्मेन्द्र तिवारी तथा स्वतन्त्रतर्फ ब्रिजकिशोर प्रसाद चौरसिया, रामबहादुर बरै लगायतका उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...