Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सा–३ मा प्रमुख दलसहित २३ उम्मेदवारको मनोनयन दर्ता

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ९ जना स्वतन्त्रसहित कुल २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं. ३ को निर्वाचन कार्यालयका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।

निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार नेपाली काँग्रेसबाट सुरेन्द्र प्रसाद चौधरी, नेकपा एमालेबाट रुपेश पाण्डे, नेपाली कम्युनिष्ट पार्टीबाट छोटेलाल प्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमाकान्त चौरसिया, जनता समाजवादी पार्टी नेपालबाट नागेन्द्र प्रसाद यादव, जनमत पार्टीबाट मालती कुमारी कुशवाहा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नविन कुमार सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी, आम जनता पार्टीबाट मोहम्मद इस्तखार, उज्यालो नेपालबाट रामरूप प्रसाद शाह, नेपाल मजदुर किसान पार्टीबाट सरोज कुमार शाह, नेपाल जनता पार्टीबाट धर्मेन्द्र तिवारी तथा स्वतन्त्रतर्फ ब्रिजकिशोर प्रसाद चौरसिया, रामबहादुर बरै लगायतका उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...