Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सा–२ मा स्वतन्त्रसहित ३२ जनाको उम्मेदवारी दर्ता

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ मा १५ जना स्वतन्त्र उम्मेदवारसहित विभिन्न राजनीतिक दलबाट कुल ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३२ जनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसबाट पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य अजय कुमार चौरसिया, नेकपा एमालेबाट रिमा कुमार यादव, नेपाली कम्युनिष्ट पार्टीबाट मनोज चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शुशिल साह कानु उम्मेदवार छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विना जयसवाल कुर्मी, जनता समाजवादी पार्टीबाट अशोक कुमार अग्रवाल, आम जनता पार्टीबाट रन्जु कुमारी साह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अमिताभ बचन दास, उज्यालो नेपाल पार्टीबाट कृष्ण मुरारी प्रजापतिले उम्मेदवारी दिएका छन् । स्वतन्त्रतर्फ राजेश्वर प्रसाद साह लगायत उम्मेदवार मैदानमा छन्।

स्वतन्त्र उम्मेदवारी दिएका राजेश्वर प्रसाद साह पूर्व प्रदेश सभा सदस्य हुन्। उनले यसअघि नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने चाहना राखेका थिए। तर पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको जनाइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...