Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

पर्सा–२ मा स्वतन्त्रसहित ३२ जनाको उम्मेदवारी दर्ता

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ मा १५ जना स्वतन्त्र उम्मेदवारसहित विभिन्न राजनीतिक दलबाट कुल ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३२ जनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसबाट पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य अजय कुमार चौरसिया, नेकपा एमालेबाट रिमा कुमार यादव, नेपाली कम्युनिष्ट पार्टीबाट मनोज चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शुशिल साह कानु उम्मेदवार छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विना जयसवाल कुर्मी, जनता समाजवादी पार्टीबाट अशोक कुमार अग्रवाल, आम जनता पार्टीबाट रन्जु कुमारी साह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अमिताभ बचन दास, उज्यालो नेपाल पार्टीबाट कृष्ण मुरारी प्रजापतिले उम्मेदवारी दिएका छन् । स्वतन्त्रतर्फ राजेश्वर प्रसाद साह लगायत उम्मेदवार मैदानमा छन्।

स्वतन्त्र उम्मेदवारी दिएका राजेश्वर प्रसाद साह पूर्व प्रदेश सभा सदस्य हुन्। उनले यसअघि नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने चाहना राखेका थिए। तर पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको जनाइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...