Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सा–२ मा तीन दलबाट महिला उम्मेदवार

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर–२ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन राजनीतिक दलबाट महिला उम्मेदवार मैदानमा उत्रिने भएका छन्।

नेकपा एमालेले पर्सा क्षेत्र नं. २ बाट रिमा कुमारी यादवलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । वीरगंज महानगरपालिका वडा नं. २९ मुसैली निवासी २९ वर्षीया यादवलाई एमालेले औपचारिक रूपमा टिकट प्रदान गरेको हो।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिना जैसवाल कुर्मीलाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ। वीरगंज–२४ रामगढवा निवासी कुर्मी यसअघि राप्रपाबाटै समानुपातिक प्रतिनिधिसभा सदस्य रहेकी थिइन्।

त्यस्तै आम जनता पार्टी (आजपा)ले यस क्षेत्रमा रञ्जु साहलाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ। प्रभु साह नेतृत्वको आजपाले साहलाई औपचारिक रूपमा मैदानमा उतारेको हो।

नेतृ साहले पर्सा–२ लाई विकासको मोडेल बनाउने लक्ष्यसहित आफू उम्मेदवारीमा होमिएको बताउँदै जेन–जी पुस्ताको सपना साकार पार्न र जेन–जी आन्दोलनलाई सार्थक बनाउने उद्देश्य पनि आफ्नो उम्मेदवारीको प्रमुख कारण रहेको स्पष्ट पारिन्।

तीन दलबाट महिला उम्मेदवार मैदानमा उत्रिएसँगै पर्सा–२ को चुनावी प्रतिस्पर्धा थप चासो र उत्सुकतापूर्ण बनेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...