Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

रहबर अन्सारीले दिए प्रदेश सांसदबाट पनि राजीनामा

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य रहबर अन्सारीले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृत भइसकेको छ।

पर्सा क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित अन्सारी केही दिनअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेका छन्। उनी आगामी प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नं. ४ बाट उम्मेदवार उठ्ने तयारीमा रहेका छन्।

केही दिन पहिला मात्र अन्सारीले माओवादी केन्द्रका पूर्वअध्यक्षका रूपमा पुष्पकमल दाहाललाई सम्बोधन गर्दै पार्टी समेत परित्याग गरेका थिए । उनले राजीनामा पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तनको चाहनामा संघर्ष गरेकाहरू, अन्ततः सत्ता र सुविधामै केन्द्रित भएकाहरू, अवसरवादीहरू तथा वास्तविक शहीदहरूलाई दिएको उल्लेख गरेका थिए ।

यस अघि उनले प्रदेश सभा बैठकमा आफ्नै मुखमा कालाे मसाे दलेका कारण समेत चर्चामा आएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...