Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्याब्सन पर्साको अन्तरविद्यालय क्रिकेट–फुटबल प्रतियोगिताका लागि क्याप्टेन्स मिट सम्पन्न

spot_img
spot_img

वीरगंज ।प्याब्सन पर्साको आयोजनामा माघ ८ गतेदेखि सुरु हुने १०औँ संस्करणको प्याब्सन अन्तरविद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिता तथा माघ १० गतेदेखि सञ्चालन हुने जुनियर फुटबल प्रतियोगिता का लागि क्याप्टेन्स मिट आइतबार वीरगंजस्थित मुनालाइट स्कूलमा सम्पन्न भएको छ।

क्याप्टेन्स मिटमा क्रिकेट टेक्निकल टिमका सदस्य निरज झाले क्रिकेट खेलका नियम, प्राविधिक पक्ष तथा अनुशासनसम्बन्धी विषयमा सहभागी कोच र कप्तानहरूलाई जानकारी गराए। त्यसैगरी फुटबल टेक्निकल प्रमुख लखन चौधरीले फुटबल प्रतियोगिताको नियम र खेल सञ्चालन प्रक्रियाबारे स्पष्ट पारे।

कार्यक्रममा प्याब्सन मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमदले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने बताए। जिल्ला अध्यक्ष तथा क्रिकेट प्रतियोगिताका संयोजक सरोज प्रसाद चौधरीले प्रतियोगिताको उद्देश्य, तालिका, व्यवस्थापन तथा अपेक्षाबारे विस्तृत जानकारी गराएका थिए। सोही अवसरमा दुवै प्रतियोगिताको टाइसिटका लागि ड्र कार्यक्रम पनि सम्पन्न गरिएको थियो।

प्याब्सन पर्साले हरेक वर्ष आयोजना गर्दै आएको अन्तरविद्यालय खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा खेल प्रतिभा उजागर गर्नुका साथै विद्यालयस्तरमा खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जिल्ला सचिव अशोक संग्रौलाले बताए।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न क्याप्टेन्स मिट कार्यक्रममा केन्द्रिय प्राज्ञिक सल्लाहकार डा. हरिशंकर साह, केन्द्रिय सदस्य छेदुप लामा, मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमद, जिल्ला वरिष्ठ सल्लाहकार श्याम केसी तथा जिल्ला कार्यसमिति सदस्य सुशिल केसीको विशेष उपस्थिति रहेको थियो।

यस्तै, क्रिकेट टेक्निकल प्रमुख सतिश सिंह राजपुत र फुटबल टेक्निकल प्रमुख अर्जुन गुप्ताको पनि उपस्थिति रहेको उक्त मिटमा क्रिकेटतर्फ ४० सहभागी विद्यालयका टिम कोच तथा कप्तान र फुटबलतर्फ २१ सहभागी विद्यालयका टिम कोच र कप्तानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...