Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

बालेनले दिए मेयरबाट राजीनामा, रास्वपाको वरिष्ठ नेतृत्व सम्हाल्दै चुनावी अभियानमा सक्रिय

spot_img
spot_img

वीरगंज । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मेयर पदबाट राजीनामा दिएका छन् । राजीनामापछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताको जिम्मेवारी सम्हाल्दै सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।

आइतबार बालेन पहिलोपटक रास्वपाको केन्द्रीय कार्यालय पुगेका थिए । सो अवसरमा पार्टी सभापति रवि लामिछाने सहित नेता तथा कार्यकर्ताहरूले उनलाई भव्य स्वागत गरेका थिए । बालेन्द्र साह आइतबार नै बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।

बैठकपछि आजै साँझ ५ बजे बुद्ध एयरमार्फत सभापति लामिछानेसहित बालेनको टोली चुनावी अभियानको सुरुवात गर्न जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । टोली जनकपुर पुगेर महागंगा आरतीमा सहभागी हुनेछ भने राति स्थानीय कार्यकर्तासँग छलफल गर्नेछ ।

साेमबार बिहान जानकी मन्दिर पुगेर पूजा–अर्चना गरेपछि जनकपुरमा आयोजना हुने बृहत् जनसभामा उनीहरू सहभागी हुने कार्यक्रम रहेको छ । जनसभा सम्पन्न भएपछि साेमबार साँझ टोली लहान पुग्नेछ, जहाँ स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गर्ने तयारी छ ।

त्यसपछि टोली सिधै झापा प्रस्थान गर्ने जनाइएको छ । यता, रास्वपा सभापति रवि लामिछाने भने लहानबाट अलग्गै सिधै चितवन जाने कार्यक्रम रहेको छ । रास्वपाले बालेन्द्र साहको सक्रिय सहभागितासँगै चुनावी अभियानलाई देशव्यापी रूपमा अझ तीव्र बनाउने तयारी गरेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...