Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

रूपेश पाण्डेको स्पष्टिकरण: एमाले प्रवेशको हल्ला गलत, भेटघाट मात्र भएको हो

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका प्रत्यासी रूपेश पाण्डेले आफू नेकपा एमाले प्रवेश नगरेको स्पष्ट पारेका छन्। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वर्तमान राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमालेका जिल्ला नेताहरूसँगै पुगेको स्वीकार्दै उनले त्यस क्रममा सामान्य स्वागतस्वरूप खादा ओढाइएको मात्र बताए।

पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “पाहुनालाई स्वागत गर्ने वा खादा ओढाएर सम्मान गर्ने परम्परा नै हो। मैले त्यसलाई सामान्य रूपमा लिएको थिएँ। तर त्यसपछि पार्टी नै प्रवेश गरेको भनेर प्रचार भएपछि मात्र थाहा पाएँ। यो सरासर गलत हो।” उनले आफू अहिलेसम्म कुनै पनि पार्टीमा आवद्ध नरहेको र एमालेमा प्रवेश नगरेको स्पष्ट खण्डन गरेका छन्।

हिजो भएको दुष्प्रचारप्रति दुःख व्यक्त गर्दै पाण्डेले पर्सा–३ मा विनास्वार्थ समाजसेवामा निरन्तर लाग्दै आएको र क्षेत्रको विकासलाई अगाडि बढाउने योजनासहित सक्रिय रहेको सबैलाई अवगत रहेको उल्लेख गरेका छन्। “परिस्थितिलाई बुझिदिनुहुन सबैमा सविनम्र अनुरोध गर्दछु,” उनले भनेका छन्।

यसैबीच, एमालेका केन्द्रीय सदस्य प्रभु हाजराले पनि उक्त घटनाबारे स्पष्टिकरण दिँदै नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली र युवा उद्यमी रूपेश कुमार पाण्डेबिच भेटघाट मात्र भएको बताएका छन् । भेटका क्रममा खादा लगाएर सम्मान गरिएको हो, पार्टी प्रवेश नगराइएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवाको ऊर्जा र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : रुपेश पाण्डे

वीरगंज । नेकपा एमालेका नेता रुपेश पाण्डेले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूमा शुभकामना व्यक्त गरेका छन् । युवा केवल भविष्य...

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...