Date
शुक्र, भदौ ५, २०८३
Fri, August 21, 2026

एसइइ नतिजा सुधार विषयक सेमिनार वीरगंजमा सम्पन्न

spot_img
spot_img

वीरगंज । आदित्य एजुकेशन फाउन्डेसन को आयोजनामा वीरगञ्जमा एसइइ नतिजा सुधार विषयक सेमिनार सम्पन्न भएको छ। वीरगञ्जस्थित टाउन हल (नगरसभा गृह) मा आयोजित सेमिनार फाउन्डेसनका सञ्चालक ई. टप्पु कुमार पालको अध्यक्षतामा सम्पन्न भएको हो।

सेमिनारलाई सम्बोधन गर्दै बाराको बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अली भुठो ले आजका विद्यार्थी नै देशको भविष्य भएको उल्लेख गरे। उनले एसइइलाई केवल परीक्षा मात्र नभई जीवनको महत्वपूर्ण मोडका रूपमा लिन आग्रह गर्दै अनुशासन, निरन्तर अध्ययन र आत्मविश्वासले सफलता सुनिश्चित गर्ने बताए। साथै शिक्षा सुधारका लागि स्थानीय तह सधैं सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।

नेशनल प्याब्सन का केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामबिनय चौरसिया ले एसइइ नतिजा सुधारका लागि विद्यार्थीले लगनशीलताका साथ निरन्तर अध्ययन गर्नुपर्नेमा जोड दिए। शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य मजबुत भए मात्र अपेक्षित नतिजा हासिल गर्न सकिने उनको भनाइ थियो।

सेमिनारमा विषयगत विज्ञहरूले प्रशिक्षण दिएका थिए। विज्ञान विषयका विज्ञ तथा लेखक डा. चिन्तामनी पन्थी, गणित विषयका विज्ञ श्यामदत्त अधिकारी, अङ्ग्रेजी विषयका दिपेन्द्र प्रसाद कानु, नेपाली विषयका चिरञ्जीवी सापकोटा र सामाजिक विषयका जयप्रकाश मेहता ले परीक्षा तयारी, समय व्यवस्थापन र उत्तर लेखनका प्रभावकारी तरिकाबारे प्रशिक्षण दिएका हुन्।

फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक टप्पु कुमार पाल ले एसइइमा अध्ययनरत विद्यार्थीलाई राम्रो अंक ल्याउन प्रेरित गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको बताए। विद्यार्थीमा आत्मविश्वास बढाउने, डर हटाउने र सही रणनीतिका साथ अध्ययन गर्न प्रेरित गर्नु नै कार्यक्रमको मुख्य लक्ष्य रहेको उनले स्पष्ट पारे।

कार्यक्रममा फाउन्डेसनका प्रशासकीय प्रमुख बिपिन चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। एचआर तथा काउन्सिलर निशा यादवका अनुसार एसइइका विद्यार्थीको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको हो।

फाउन्डेसनका शैक्षिक निर्देशक धिरज साह कानुका अनुसार सेमिनारमा पर्सा र बाराका सरकारी तथा निजी विद्यालय, ट्युसन तथा कोचिङ सेन्टरका गरी करिब १ हजार २ सय विद्यार्थी को सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा रजनी चौबे, अर्चना चौबे, प्रकृति सर्राफ, आरूशी विश्वास र नन्दनी रौनियारलगायतले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...