Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

रास्वपाबाट बारा–४ मा चुनाव लड्ने रहबर अन्सारीकाे तयारी

spot_img
spot_img

वीरगंज । पूर्व राज्य मन्त्री तथा प्रदेश सभा सदस्य रहबर अन्सारीले बाराको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्ने तयारी गरेका छन् । पर्सा क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने तयारी गरेका हुन्।

यसै तयारीअनुसार अन्सारीले रास्वपाबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार बन्न आवेदन दर्ता गराइसकेका छन्। रास्वपाले सार्वजनिक गरेको उम्मेदवार आकांक्षीहरूको सूचीअनुसार बारा–४ मा अन्सारीसहित इच्छा बहादुर बाग्ले, श्याम सुन्दर पण्डित कुमाहल, वकिल सहनी, सलिक राम अधिकारी, विनय कुमार गुप्ता र पवन चौधरी रहेका छन्।

केही दिनअघि मात्रै अन्सारीले नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेका थिए । तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित अन्सारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यङ्ग्यात्मक टिप्पणीसहित राजीनामा बुझाएका थिए। यसअघि उनले प्रदेश सभा बैठकमै आफ्नै मुखमा कालो मसी दल्दै विरोध जनाएका कारण व्यापक चर्चामा आएका थिए।

अन्सारीकै भूमिकाका कारण तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत प्राप्त गर्न नसकेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । पछिल्लो समय रास्वपाबाट प्रतिनिधि सभा चुनाव लड्ने उनको तयारीले बारा–४ को राजनीतिक माहोल थप तातेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...