Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

विद्यार्थीलाई न्यानो कपडा सहयोग

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ३२ मा रहेको श्री दलित मुक्ति आधारभूत विद्यालय, रामबनमा अध्ययनरत साना विद्यार्थीहरूलाई लक्षित गर्दै न्यानो कपडा सहयोग गरिएको छ ।

श्री नेपाल रेल्वे माध्यमिक विद्यालयको २०७० सालको एसएलसी ब्याचका पूर्व विद्यार्थीहरूले जाडो मौसम र शीतलहरका कारण प्रभावित बालबालिकाका लागि ६० थान स्विटर तथा भेस्ट सहयोग स्वरूप प्रदान गरेका हुन्।

वीरगंज महानगरपालिकाको ग्रामीण भेगमा रहेको उक्त विद्यालयमा चिसो मौसमका कारण विद्यार्थीहरूलाई पठन–पाठनमा कठिनाइ भइरहेको विषय शिक्षक सन्तोष सर्राफमार्फत जानकारी पाएपछि सहयोगको पहल गरिएको एसएलसी ब्याचका सदस्य विक्की सर्राफले जानकारी दिए। उनले सामाजिक उत्तरदायित्वको भावनाले साना विद्यार्थीहरूको स्वास्थ्य र अध्ययनलाई ध्यानमा राखी न्यानो कपडा वितरण गरिएको बताए।

विद्यालय परिवारले यस्तो सहयोगले विद्यार्थीहरूलाई चिसोबाट जोगिनुका साथै नियमित अध्ययनमा उत्साह बढ्ने विश्वास व्यक्त गर्दै सहयोगी समूहप्रति आभार प्रकट गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...