Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

श्रीनिधि बचत तथा ऋण सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न, कुल कारोबार ८८ करोड नाघ्यो

spot_img
spot_img

वीरगंज । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरगंजको १४औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । वीरगंजस्थित नगर सभा गृहमा आयोजित साधारण सभाको उद्घाटन संस्थाका अध्यक्ष प्रेम पुडामणी बज्राचार्यले गरेका थिए ।

अध्यक्ष बज्राचार्यको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म संस्थाको कुल कारोबार ८८ करोड ८२ लाख २७ हजार १ सय ९८ रुपैयाँ पुगेको जानकारी दिए । उनका अनुसार सोही अवधिमा संस्थाको शेयर पूँजी ३ करोड ३१ लाख ६५ हजार ८ सय रुपैयाँ रहेको छ भने कुल बचत निक्षेप ७२ करोड ६३ लाख ५ हजार ५ सय १३ रुपैयाँ संकलन गर्न संस्था सफल भएको छ ।

त्यस्तै, जगेडा तथा विभिन्न कोषमा ४ करोड ७२ लाख ८९ हजार ४ सय ७६ रुपैयाँ पुगेको, ऋण लगानी ६० करोड ५८ लाख ६६ हजार ५ सय ६९ रुपैयाँ ९५ पैसा रहेको र आयकर व्यवस्था अघि संस्थाको नाफा १ करोड ३१ लाख १३ हजार ५ सय ७४ रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत चौरसियाले बताए । संस्थाको स्थिर सम्पत्ति ४ करोड ५९ लाख ४६ हजार ९ सय ५० रुपैयाँ रहेको उल्लेख गर्दै उनले आदर्शनगरस्थित भाजुरत्न चौक नजिक १५.५ धुर जग्गा कार्यालय प्रयोजनका लागि खरिद गरिएको र सो स्थानमा भवन निर्माण गर्ने योजना रहेको जानकारी दिए ।

प्रविधिमैत्री सेवातर्फ संस्थाले क्यासलेस, चेकलेस र पेपरलेस सेवा विस्तारलाई प्राथमिकता दिएको बताउँदै चौरसियाले हालसम्म २५० जनाले एटिएम सेवा, १ हजार २४२ जनाले मोबाइल बैंकिङ, ४४३ जनाले एसएमएस सेवा र ४९० जनाले क्यूआर कोड सेवा प्रयोग गरिरहेको जानकारी दिए । साथै संस्थाको वेबसाइट, फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्राममार्फत सदस्य सेवा तथा सूचनाको प्रचार–प्रसारलाई प्रभावकारी बनाइएको उनले बताए ।

साधारण सभामा आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी शान्ता श्रेष्ठ, तेतरी देवी राना मगर, हिरालाल चौरसिया, शुष्मा महर्जन, मामता भोलन, शोभा कुमारी र शारदा मानन्धरलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट सदस्यतर्फ शोभा कुमारी, मधु चौधरी, शरधा मानन्धर, शान्ता श्रेष्ठ, उत्कृष्ट नियमित मासिक बचत सदस्य आयुष रौनियार, उत्कृष्ट बाल बचत सदस्य सिद्धि गुप्ता, उत्कृष्ट नियमित बचत सदस्य पुनम कुमारी र रविभूषण प्रसाद चौरसिया, उत्कृष्ट नारी बचत सदस्य अनिषा श्रेष्ठ, प्रविधितर्फ उत्कृष्ट सदस्य विरेन्द्र कुमार कलवार तथा ऋणतर्फ उर्मिला देवी, प्रेमकुमारी पौडेल गोरखाली र सजरा प्रविणलाई सम्मान गरिएको थियो ।

अध्यक्ष प्रेम पुडामणी बज्राचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनोज प्रसाद, सचिव निर्मला देवी, कोषाध्यक्ष ओमप्रकाश प्रसाद कलवार, सञ्चालक सदस्यहरू अमित अग्रवाल, योगेश्वर प्रसाद चौरसिया, ज्योति कुमारी दारुका, सतोष जैन, सल्लाहकार डा. सुरेन्द्र चौरसिया, पुनिता देवी, बन्दना देवी, लेखा समिति संयोजक राजु पौडेल, सदस्यहरू विरेन्द्र प्रसाद गुप्ता, विजेन्द्र चौधरी, निर्वाचन समिति अधिकृत अधिवक्ता रामनारायण कुर्मी, जिष्णु बाराल, संजय महतो लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उज्वल घिमिरेले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...