Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्याब्सन स्थापना दिवसमा वीरगंजमा विभिन्न कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को ३५औँ स्थापना दिवस वीरगंजमा विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा सम्पन्न भएको छ।

प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा स्थापना दिवसको अवसरमा वीरगंजस्थित आमाको छात्रावासमा आश्रित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो। छात्रावासमा आश्रित विद्यार्थीहरूका लागि ३० दर्जन कापी तथा ३६० थान कलम र पेन्सिल वितरण गरिएको आयोजकले जनाएको छ।

शैक्षिक सामग्री वितरण कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रति प्याब्सनको प्रतिबद्धता झल्काएको प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले बताए। उनले शिक्षा सबैको पहुँचमा पुर्‍याउन निजी क्षेत्रले पनि सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, प्याब्सन दिवसकै अवसरमा साँझ वीरगंजस्थित ऐतिहासिक तथा सांस्कृतिक धरोहर घण्टाघर परिसरमा दीप प्रज्वलन तथा दीपावली कार्यक्रम आयोजना गरिएको थियो। प्याब्सन अंकित दीप प्रज्वलन गर्दै संगठनको शैक्षिक योगदान, ज्ञानको उज्यालो र उज्ज्वल भविष्यप्रतिको प्रतिबद्धताको सन्देश प्रवाह गरिएको थियो।

प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले नेपालको शैक्षिक क्षेत्रमा निजी क्षेत्रले पुर्‍याएको योगदानलाई स्मरण गर्दै संस्थापक, प्रधानाध्यापक, शिक्षक, अभिभावक, कर्मचारी तथा विद्यार्थीहरूको सामूहिक प्रयासप्रति सम्मान प्रकट गर्न दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कार्यक्रम जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी र वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमद, जिल्ला वरिष्ठ उपाध्यक्ष सुशिला साह, जिल्ला उपाध्यक्ष विरेन्द्र यादव, वीरगंज नगर सचिव अमित आलोकलगायत जिल्ला तथा नगर कार्यसमिति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले निजी शिक्षा क्षेत्रले देशको शैक्षिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै गुणस्तरीय, मूल्यआधारित र समावेशी शिक्षाको प्रवर्द्धनमा प्याब्सनले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याएका थिए। कार्यक्रमले प्याब्सनको सामाजिक उत्तरदायित्व, शैक्षिक प्रतिबद्धता र संगठनात्मक एकतालाई थप सुदृढ बनाएको सहभागीहरूको भनाइ रहेको छ।

यसैबीच, ३५औँ प्याब्सन दिवसकै अवसरमा प्याब्सन सदस्य विद्यालय लिटल बडी प्रि–स्कुलले आफ्नो वार्षिक खेलकुद कार्यक्रम पनि सम्पन्न गरेको छ। बिहीबार आयोजित उक्त कार्यक्रम लिटल बडी प्रि–स्कुलका प्रिन्सिपल विजय बलको सभापतित्व तथा सनसाइन बोर्डिङ स्कुलका सञ्चालक एवं प्याब्सन वीरगंज महानगर सचिव अमित आलोकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...