Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

प्रदेश सभा सदस्य रहबर अन्सारीद्वारा पार्टी परित्याग

spot_img
spot_img

वीरगंज । साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् ।

अन्सारीले बिहीबार हुलाकमार्फत पार्टीलाई राजीनामापत्र बुझाउँदै औपचारिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले बुझाएको राजीनामापत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशमा गाएको ‘सागर के तुफान को भी हमने बस में किया है…’ भन्ने सायरी उद्धृत गर्दै अब उक्त गीत प्रचण्डको स्मृतिमा मात्र सीमित रहेको उल्लेख गरेका छन् ।

राजीनामापत्रमा अन्सारीले पार्टीले साहस, इमान र जोखिम—यी तीनवटै मूल्य त्यागिसकेको आरोप लगाएका छन् । पार्टीको वर्तमान राजनीतिक व्यवहार र आदर्शबीच गहिरो विरोधाभास रहेको भन्दै उनले त्यसको हिस्सा बन्न नसक्ने स्पष्ट पारेका छन् ।

‘म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु,’ अन्सारीले राजीनामापत्रमा उल्लेख गरेका छन् ।
उनको पार्टी परित्यागले मधेस प्रदेशको राजनीतिमा नयाँ तरंग पैदा भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...