Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

प्रदेश सभा सदस्य रहबर अन्सारीद्वारा पार्टी परित्याग

spot_img
spot_img

वीरगंज । साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् ।

अन्सारीले बिहीबार हुलाकमार्फत पार्टीलाई राजीनामापत्र बुझाउँदै औपचारिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले बुझाएको राजीनामापत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशमा गाएको ‘सागर के तुफान को भी हमने बस में किया है…’ भन्ने सायरी उद्धृत गर्दै अब उक्त गीत प्रचण्डको स्मृतिमा मात्र सीमित रहेको उल्लेख गरेका छन् ।

राजीनामापत्रमा अन्सारीले पार्टीले साहस, इमान र जोखिम—यी तीनवटै मूल्य त्यागिसकेको आरोप लगाएका छन् । पार्टीको वर्तमान राजनीतिक व्यवहार र आदर्शबीच गहिरो विरोधाभास रहेको भन्दै उनले त्यसको हिस्सा बन्न नसक्ने स्पष्ट पारेका छन् ।

‘म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु,’ अन्सारीले राजीनामापत्रमा उल्लेख गरेका छन् ।
उनको पार्टी परित्यागले मधेस प्रदेशको राजनीतिमा नयाँ तरंग पैदा भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...