Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

ऊर्जा मन्त्री कुलमान घिसिङको राजीनामा, रास्वपाको उपाध्यक्ष बन्ने तयारी

spot_img
spot_img

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। मन्त्री घिसिङले प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गर्नुभएको हो।

भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आउनुभएका घिसिङ गत भदौ ३० गते मन्त्रीमा नियुक्त हुनुभएको थियो। साढे तीन महिनाको अवधिमा उहाँले तीन वटा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्नुभएको थियो।

प्रधानमन्त्री कार्कीले उक्त अवधिमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै घिसिङलाई बधाई तथा धन्यवाद दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। “निकै प्रतिकूल अवस्थामा तपाईंले सरकारमा सामेल भएर देशका निम्ति ठूलो योगदान दिनुभयो,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “रातदिन नभनी खट्नुभयो, देशका विभिन्न भागमा पुग्नुभयो, विपद्का बेला सक्रिय रहनुभयो र विकास निर्माणका बेथितिविरुद्ध कठोर कदम चाल्नुभयो। यो कुरा देशले सम्झनेछ र जनताले मूल्याङ्कन गर्नेछन्।”

राजीनामा पेस गर्दै मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभएको छ।

उज्यालो पार्टी नेपालका संरक्षकसमेत रहनुभएका घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच पार्टी एकतासम्बन्धी समझदारी भइसकेको छ। सोही समझदारीअनुसार घिसिङ रास्वपाको उपाध्यक्ष बन्ने तय भएको जनाइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...