Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

सामाजिक सद्भाव कायम राख्न जनप्रतिनिधिकाे अपिल

spot_img
spot_img

वीरगंज । वीरगंज क्षेत्र पछिल्लो समय संवेदनशील अवस्थामा पुगेका बेला पूर्व मन्त्री तथा पर्सा क्षेत्र नं. १ का निर्वतमान प्रतिनिधि सभा सदस्य प्रदिप यादवले सम्पूर्ण वीरगंजवासीलाई शान्ति, संयम र आपसी सद्भाव कायम गर्न हार्दिक अपील गरेका छन्।

यादवले वीरगंज सधैँदेखि हिन्दू–मुस्लिम आपसी भाइचारा, सहअस्तित्व र सद्भावको अनुपम उदाहरण रहँदै आएको शहर भएको उल्लेख गर्दै केही भ्रम, अफवाह र उक्साहटका कारण समाजमा तनाव सिर्जना गर्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गरेका हुन् । उनले कुनै पनि भड्काउने गतिविधिमा नफस्न, सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचनाबाट सचेत रहन र शान्ति भंग हुने कार्य नगर्न आग्रह समेत गरेका छन् ।

“धर्म, जात वा समुदायभन्दा माथि उठेर एक–अर्काको सम्मान गर्दै संयम अपनाउनु आजको आवश्यकता हो,” यादवले फेसबुकमा लेखेका छन्, “शान्ति कायम गर्नु प्रशासनको मात्र होइन, हामी सबै नागरिकको साझा दायित्व हो।”

यादवले समाजमा द्वन्द्व सिर्जना गर्ने जो–कोहीलाई पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग अनुरोध गर्दै संवाद, सद्भाव र शान्ति स्थापनाका लागि सरकारले गर्ने हरेक प्रयासमा आफू सधैँ सहयोग गर्न तयार रहेको स्पष्ट पारेका हुन् ।

यसैबीच, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले धार्मिक द्वन्द्व चर्किएपछि मात्रै सद्भाव र्‍याली र औपचारिक बैठक गरेर आत्मसन्तुष्टि लिने प्रवृत्तिप्रति प्रश्न उठाएका छन् । उनले वीरगंज बाहिर उत्पन्न विवादलाई जबर्जस्ती शहरमा आयात गरी धार्मिक भावना भड्काउने, आफूलाई धर्मको ठेकेदार ठान्ने सीमित व्यक्तिहरूमाथि प्रशासनले किन कडा कारबाही गर्न नसकेको भन्दै असन्तोष व्यक्त गरेका हुन् ।

“वीरगंज कुनै व्यक्तिको, समूहको वा एजेन्डाको बन्धक होइन,” मेयर सिंहले पनि आफ्नाे फेसबुकमा लेखेका छन्, “सदियौँदेखि जोगिँदै आएको भाइचारा र सहअस्तित्वलाई भत्काउन खोज्नेहरूमाथि जरैदेखि कारबाही नगरेसम्म समस्या दीर्घकालीन रूपमा समाधान हुँदैन।”

पर्सा क्षेत्र नं. १ काे क बाट निर्वाचित प्रदेश सभा सदस्य रहबर अन्सारीले पनि आक्रोशले विवेकलाई जित्दा त्यसको मूल्य सिङ्गो समाजले चुकाउनुपर्ने चेतावनी दिएका हुन् । मिश्रित समाजमा शान्ति केवल प्रशासनको जिम्मेवारी नभई प्रत्येक नागरिकको कर्तव्य भएको उल्लेख गर्दै उनले केही व्यक्तिको उत्तेजक र आपत्तिजनक कार्यले सम्पूर्ण समाजमा नकारात्मक असर पर्ने आफ्नाे फेसबुकमा लेखेका छन् ।

“आगो सानो ठाउँबाट सल्किन्छ, तर डढ्ने सबैको घर हो,” अन्सारीले लेखेका छन्, “धर्म, आस्था र प्रतीकहरूमाथि चोट पुर्‍याउँदा सबैभन्दा पहिले सद्भाव घाइते हुन्छ।”

नेताहरूले दोष खोज्नेभन्दा पनि संयम, संवेदना र जिम्मेवारी देखाउने बेला आएकोमा जोड दिएका छन् । अफवाह, उत्तेजना र बदलाको भावनाले समाजलाई कमजोर बनाउने भन्दै उनीहरूले वीरगंजलाई शान्ति, सद्भाव र आपसी विश्वासको शहरका रूपमा जोगाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एनएमएसआरए वीरगंजको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगंज इकाईले आफ्नो ५७औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसको...

छिपहरमाईको २३ औं गाउँ सभा सम्पन्न, ३५ करोड ९८ लाखको बजेट पारित

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का...

वीरगंजमा सडक विस्तार जारी, अदालतको आदेशबारे जानकारी छैन : सडक डिभिजन

वीरगंज । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले...